इटहरी स्थित इलाईट सिनेमाले टुके र थ्रिडी सुबिधा ल्याउदै

इटहरी / इटहरी स्थित इलाईट सिनेमा हलले आफ्नो पहिलो बार्षिक उत्सव मनाएको छ । स्थापनादेखि निकै चलेको हलले आफ्नो पहिलो बार्षिक उत्सव संञ्चारकर्मीसँग अन्तकृया गरी मनाएको हो । एक कार्यक्रमको आयोजना गरी हलका म्यानेजर नवराज केसीले हलको थप सेवा सुबिधाका लागी संञ्चारकर्मीसँग राय सुझाप लिएका थिए । साथै बार्षिक उत्सवको अवसरमा केसीले केही महिना भित्र टुके र थ्रिडि सुबिधाको समेत हल संञ्चालन गर्ने तयारी भएको जानकारी दिए ।

दुवै सुबिधाको हल संञ्चालन भएपछि अग्रेजी चलाचित्र समेत प्रर्दशन गर्ने तयारी भएको उनले बताए । बार्षिक उत्सवको अवसरमा हलले सदस्यता कार्डको व्यवस्था गर्ने योजना रहेको केसीले जानकारी दिए । साथै ७० बर्ष उमेरमाथिका दर्शकहरुलाई कुनैपनि चलचित्र हेर्न निशुल्क सुबिधा दिइएको बताए ।

हल संञ्चालन भएपछि छिमेकी देश भारत, दमक, बिराटनगर, धरान, इनरुवा लगायतका ठाँउहरुबाट दर्शनहरुको राम्रो उपस्थिति हुने गरेको बताउदै म्यानेजर केसीले दर्शकहरुको थप सुबिधाको लागी हलमा अन्य धेरै योजना ल्याउने तयारी भएको उनले बताए । इलाईट सिनेमा इटहरीको एकमात्र पारकिङ सुबिधा भएको हल रहेको केसीले दाबी गरे ।

PURBELI TV

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…