इम्प्टीनेसकाे नेपाली रिमेक ‘म हारे’ सार्वजनिक


इटहरी / भारतीय गायक गजेन्द्र शर्माको बहुचर्चीत गीत इम्प्टीनेस लाइ नेपालीमा रिमेक गरिएको छ ।

रिमेक गरिएको गीतमा कृष्ण खवास, गोविन शाह र सन्दीप सरदारले गाएका हुन् ।

गायक गोविन शाह र सन्दीप सरदारले शब्द थपेका साे गीतमा सन्दीपले नै संगीत भरेका छन् ।

‘म हारे’ बोल रहेको गीतको गीतलाई खवासकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

हिन्दी भर्जनमा विक्रम सिंहको संगीत रहेको छ भने अशिम अहमद अब्बास र मोनोमि रोयको शब्द रहेको छ ।

कृष्णकै निर्देशनमा तयार भएको यस गीतको भिडियोमा सागर श्रेष्ठ र कविता भारतीलाई प्रस्तुत गरिएको छ ।

अनिश चौधरीको छायांकनमा तयार भएको यस गीतको भिडियोलाई सन्दीपले नै सम्पादन गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया

Loading…