‘इन्टु मिन्टु लण्डनमा’ हेर्न साम्राज्ञीको आग्रह

इटहरी । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को टिम प्रचार प्रसारको लागी पूर्व आएको छ । चलचित्रले इटहरीमा पत्रकार सम्मेलन गरि असोज ५ मा चलचित्र हेर्नलाई हलमा आउन आग्रह गरेका छन् । चलचित्र रोमान्टिक लभस्टोरीमा निर्माण भएको र कलाकारहरुमा जसमा धिरज मगर, साम्राज्ञी राज्य लक्ष्मी शाह, सारुक ताम्राकार, विजय लामा, सुनिता ठकुरी श्रेष्ठ लगायतले अभिनय गरेका छन् ।

इटहरीस्थित रिर्पाेर्टस क्लबमा पत्रकार सम्मेलन गदै निर्देशक एवम कोरियोग्राफर रेनशा बान्तवा राईले फिल्म उत्कृष्ठ बनको दाबी गरिन । ७० प्रतिशत लण्डन बाँकी नेपालमै सुटिङ गरिएको चलचित्रमा साम्राज्ञी र धिरजलाई इन्टु र मिन्टुको रुपमा चित्रण गरिएको छ ।

चलचित्र भित्रको कथा टेलर मार्फत दर्शकहरुले रुचाएको कारण लगानी उठ्नेमा आफुहरु आशावादी रहेको राईले बताईन । निर्देशक राईले असोज ५ गतेबाट देशैभर चलचित्र प्रर्दशनमा आउँने बताएकी छिन् । अभिमन्यू दीक्षित र रेनशा स्वयंले पटकथा तयार पारेको चलचित्रमा संस्कृति र प्रेमबीचको मानसिक द्वन्द्वलाई पस्कने प्रयास गरिएको छ । चलचित्रका नायक धीरज मगरले यसै चलचित्रबाट डेब्यु गरेका हुन ।

प्रज्वल समशेर जबरा र रेनशाको कथा रहेको रोमान्टिक लभस्टोरीमा आभास कर्माचार्यको संवाद रहेको फिल्ममा शैलेन्द्र धोज कार्कीको छायाँकन रहेको छ । चलचित्रलाई आइकोर फिल्म्सले निर्माण गरेको हो ।

चलचित्रमा सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, बसन्त सापकोटा, स्वप्न सुमनको संगीत र राजेश पायल राई, सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, निकिता थापा, स्वप्न सुमन, मेलिना राई, केतन क्षेत्री लगायतको स्वर यस फिल्मका गीतमा सुन्न सकिन्छ ।

तपाईको प्रतिक्रिया