इटहरी होटल बरन्डामामा इमेज मेगा मोडलको अडिसन हुदै

इटहरी / धरान र ग्लामर, फेसन र मोडलिङ क्षेत्रको विकास र ग्लामर क्षेत्रमा रुचि राख्ने युवतीहरुलाई ‘प्लेटफर्म’ प्रदान गर्ने उद्देश्यले इमेज च्यानलले आयोजना गर्ने मेगा मोडल रियालिटी शो’ को चौथो संस्करणको प्रदेश नं. १ को अडिसन ईटहरीमा हुने भएको छ ।

आउदो भाद्र २७ गते शुक्रबार र २८ गते शनिबार ईटहरीको सेन्ट्रल प्लाजामा रहेको होटल बरन्डामा बिहान ११स् १५ बाट सुरु हुने इमेज च्यानलको मार्के्टिंग प्रमुख नन्दराज महर्जनले बताउनु भयो ।

इटहरी पछि काठमाडौँ र पोखराको अडिसन सकाएर इमेज मेगा मोडलको चौथो संस्करण शुरु गरिनेछ । निशुल्क अडिशनमा सहभागी हुन पाइने इमेज मेगा मोडलको अडिसन को लागि चर्चित फोटोग्राफर किशोर कायस्थ र मोडल बिना घले जज को रुपमा आएका छन् । इमेज च्यानलले यसअघि मेगा मोडलका तीनओटा संस्करण आयोजना गरिसकेको छ । मेगा मोडलको सन् २००८ मा भएको पहिलो संस्करणमा स्वस्तिका राजभण्डारी, २०१० मा रश्मिता महर्जन र २०१५ मा अनुज्ञा चन्द विजेता बनेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…