इटहरी प्रि–भ्यालेनटाइन रेड कार्पेट फेशन सोमा जे देखियाे (९३ तस्विरहरू)

इटहरी । भ्यालेन्टाइन डे को पूर्वसन्ध्यामा मंगलबार साँझ सुनसरीको इटहरीमा रेड कार्पेट फेशन सो भब्य रुपमा सम्पन्न भएको छ । इटहरी स्थित इम्पेरियल लाउन्जमा आयोजित फेशन शोमा चर्चित फेशन डिजाइनर हरुको ड्रेस डिजाइनमा २० मोडलहरु र्याम्पमा उर्तिएका थिए । कार्यक्रमको नायिका केकी अधिकारी र बेनिशा हमाल मुख्य आकर्षणको रूपमा रहेका थिए ।

फेसन शोमा कल्चरल, क्याजुवल, रेट्रो र भ्यालेनटाइन गरि ४ भिन्न सिस्वेन्जमा मोडलहरुलाई उतारिएको कोरियोग्राफर एवं मिस्टर इन्टरनेशनल १०१८ का बिजेता साजिद आलमले बताए । फेशन शोमा सांगीतिक कार्यक्रम र डिजे पार्टीले समेत कार्यक्रमलाई थप आनन्दित तुल्यायो ।

कार्यक्रममा डिजे वाईजिन, (रेजिना याख्खा), सुजान्त रेग्मी, सृष्टि श्रेष्ठ र पल लिम्बुले गित प्रस्तुत गरे भने क्लासिक कर्भ र द आउटलेटले ड्रेस डिजाइन गरेको थियो । कार्यक्रमको म्यानेजमेन्ट इनोभेटिभ एड एजेन्सीले गरेको कार्यक्रमको संयोजक सन्दिप राइले बताए । कार्यक्रम करिब ३ घण्टा चलेको थियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…