इटहरी पिसजोनमा गायक सुगम पोख्रेल आउँदै

इटहरी । इटहरीमा रहेको पिसजोन आवसीय माध्यमिक विद्यालयमा गायक सुगम पोख्रेल आउने भएका छन् ।आगामी भदौ ५ गते विद्यालयको कार्यक्रममा सहभागी हुन गायक सुगम इटहरी आउने भएका हुन ।

विद्यालयले नयाँ शैक्षिक सत्रको कक्षा ११का विद्यार्थीहरुको स्वागतका लागि सांस्कृतिक कार्यक्रम आयोजना गर्ने पिसजोन स्कुलका सह प्रधानध्यापक विनय दाहालले बताएका छन् । सांस्कृतिक कार्यक्रममा गायक सुगम पोख्रेललाई ल्याईने उनले जानकारी दिए ।

२०४५ सालमा स्थापना भएको यो विद्यालयले पढाई सँगसँगै बार्षीक रुपमा विभिन्न कार्यक्रम गर्दै आएको छ । विद्यालयले विद्यार्थीलाई मोटीभेसन गर्न विभिन्न क्षेत्रका सफल व्यवसायीहरुसँग अन्तरक्रिया गराउने, अवलोकन भ्रमण गराउने कार्य पनि गर्दै आएको दाहालले जानकारी दिए । इटहरीको पुरानो निजि विद्यालयको रुपमा परिचित पिसजोन आवसीय माध्यमिक विद्यालय विद्यार्थीहरुको रोजाईमा पर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

Loading…