इटहरीस्थित सिनेफ्लिक्स मा चलचित्र हेर्दा ५० प्रतिशत छुट

ईटहरी । सुनसरकिो इटहरीस्थित सेन्ट्रल प्लाजामा रहेको सिनेफ्लिक्स मा हरेक बुधबार हेप्पी आवरमा जुनसुकै चलचित्र हेरेपनि ५० प्रतिशत छुटको ब्यबस्था गरेको छ । सिनेफ्लििक्सका सञ्चालक सिद्धार्थ श्रेष्ठका अनुसार गत सातादेखि हरेक साता सो सुबिधा उपलब्ध गराउन थालिएको जानकारी दिए । केहीदिनअघि मात्र सिनेफ्लििक्स र इसेवा बिच अनलाईन बाटै टिकट काट्न सकिने ब्यबस्था मिलाएको थियो ।

सोही भवनमा श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पिटालिटीले सिनेमाहलसहितको आकर्षक सपिङ्ग मल ‘सेन्ट्रल प्लाजा’ संचालनमा ल्याएको छ । १० तले मलको ग्राउन्ड फ्लोरदेखि तेस्रो तल्लासम्म अन्तर्रा्िष्ट्रय ब्रान्डका कपडाहरु छन भने चौथो तल्लामा फुड कोर्ट, गेमिङ्ग जोन र किड जोन रहेकोछ । ‘सिनेफ्लिक्स मल्टिप्लेक्स’ यो भवनको पाँचौ तल्लामा रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading…