इटहरीमा नायिका संचिता सहित ५ जना सम्मानित

ईटहरी / प्रदेश नं. १ काे ईटहरीबाट सञ्चालित पुर्वको कला र मनोरञ्जनको डिजिटल मिडियाको रुपमा परिचीत डीथ्री अनलाइनले औपचारिकताको पहिलो वर्ष पूरा गरेको छ । ईटहरी स्थित धरानलाईनमा प्रधान कार्यालय स्थापना गरेर औपचारिक रुपमा सुरु भएको डीथ्री अनलाइनले एक कार्यक्रमको आयोजनाकाबीच वार्षिकोत्सब मनाएको हो ।

वार्षिकोत्सबमा पाँच जना कला क्षेत्रका ब्याक्तित्वलाई सम्मान गरिएको थियो । नायिका सञ्चिता लुइँटेल, नायक तथा कलाकार माधब केसी, त्यस्तै भारतको जीटिभीबाट प्रसारण हुने गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स’मा पुगेर आफ्नो कला र गलालाई प्रस्तुत गर्दै सबैको प्रिय बनेका ईटहरी स्थायी घर भएका प्रीतम आचार्य, ईटहरीबाट कला ब्यावसयको रुपमा ‘मार्टिना मेकअप स्टुडियो’ स्थापना गरी छोटो समयमा सफलता हासिल गरेकी उर्बि श्रेष्ठ र रङ पत्रकारितामा बिगत लामो समयदेखि रहेका दन्तकाली एफ एम धरानका कृष्ण भुजेल सम्मानित भएका हुन् ।

ईटहरीमा अवस्थित सङ्गीत साधना प्रतिष्ठानका महासचिव राजु केसीको प्रमुख आतिथ्य, परिकला मिडिया प्रालि तथा डीथ्री अनलाइनका सञ्चालक सुवास संकल्पको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । ईटहरीको त्रियुगा होटलमा भएको कार्यक्रममा सम्मानसँगै परिकलाको आयोजनामा भएको ‘मिडिया तथा प्रस्तुतिकरण’ तालिमको सहभागीहरुलाई प्रमाणपत्र बितरण समेत गरिएको थियो । कार्यक्रममा डीथ्रीका सञ्चालक संकल्पको जन्मदिन पनि परेकोले पहिलो वार्षिकोत्सबसँगै जन्मदिनको केक काटिएको थियो ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…