इटहरीबाट कलाकार तथा निर्मात्री प्रज्ञा जोशी पक्राउ, ५० लाख ठगी गरेकाे आरोप

इटहरी / कलाकार तथा निमात्री प्रज्ञा जोशी इटहरीबाट पक्राउ परेकी छिन । ५० लाख ठगी गरेको आरोपमा उनी पक्राउ परेकी हुन् । ठगी गरेर लामो समय देखि इटहरीमा लुकिछिपि बस्दै आएकी जोशीलाइ इटहरी प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाण्डौमा दिएको उजुरीको आधारमा जोशीलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यलय इटहरीले बताएकाे छ । सुबर्ण कुमारी श्रेष्ठले महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा ठगीविरुद्ध उजुरी दिएकाे अाधारमा जोशीलाई पक्राउ गरीएको र उनलाई भाेली काठमाण्डौ लौजाने तयारी भईरहेको जनाइएकाे छ ।

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…