आशिरमान र शिल्पाको ‘द ब्रेकअप’, पुरानाे हिट गीत ‘आज हाम्रो भेट’लाई रिमेक

काठमाडौ/ ‘द ब्रेकअप’ पौष २७ गते देखि देशभर रिलिजमा आउँदै छ । यसै चलचित्रमा समावेश ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीत सामाजिक सञ्जाल युवटुव मार्फत सार्वजनिक भएको छ । चलचित्र‘ज्वाला’मा समावेश पुरानो सुपरहिट गीत ‘आज हाम्रो भेट भाको दिन’लाई चलचित्र ब्रेकअपमा रिमेक गरिएको छ ।

चलचित्रको फस्ट लुकको रुपमा सार्वजनिक यस रिमेक भर्सन गीतको भिडियोमा अभिनेता सरोज खनाल, नायक आशिरमान देशराज जोसी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ र ईच्छा कार्की फिचर्ड छन् । हेर्नुस भिडियो

पुरानो गीतमा बुद्धविर लामाको शब्द, आशा भोस्ले र उदित नारायण झाको स्वर थियो भने अहिलेको रिमेकमा मेलिना राई र विराज गौतमले आवाज भरेका छन् । गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । चलचित्रमा आशिरमान देशराज जोसी, शिल्पा मास्के, रेमोन दास श्रेष्ठ, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । लभ स्टोरीमा आधारित चलचित्रको कथा र निर्देशन हेमराज विसीको रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया