आलिया भट्टले छोडेपछि सिद्धार्थको बिजोग !

काठमान्डाैं / महेश भट्टले आफ्नो ७० औं जन्मदिनको अवसरमा ‘सडक–२’को घोषणा गरे । २७ वर्षपछि उनले आफ्नी छोरी पूजा भट्ट, आलिया भट्ट, सञ्जय दत्त र आदित्यउ रोय कपूरलाई लिएर फिल्मको घोषणा गरेका हुन् । ९० दशकको ब्लक बस्टर फिल्म ‘सडक’को सिक्वेलमा आलियासँगै यो फिल्ममा सिद्धार्थ मल्होत्रा पनि हुने चर्चा निकै चलेको थियो । तर, घोषणा गर्दा उनी परेनन् । निर्देशक भट्ट लामो समयदेखि फिल्मको तयारी गरिरहेका थिए त्यसैले पनि यो फिल्ममा सिद्धार्थ हुने तय थियो ।

तर, आलियासँग ब्रेकअप भएपछि २०२० मार्च २५ मा रिलिज हुने सो फिल्मबाट सिद्धार्थलाई हटाइयो । ब्रेकअपपछि आलिया सिद्धार्थसँग फिल्ममा काम नचाहेपछि महेश भट्टले सिद्धार्थको ठाँउमा आदित्यलाई कास्ट गरे । सिद्धार्थको हातबाट यो मात्र होइन एक अर्का फिल्म ‘आशिकी ३’ पनि निस्किएको छ । पछिल्लो समयमा उनलाई खासै फिल्मको अफर आइरहेको छैन, त्यसैले सिद्धार्थलाई फिल्मको जरुरत थियो । उनले आलियासँग बेकअप गरेर निकै घाटा खेपिरहेका छन् । यसैले आलियासँग ब्रकेअप भएपछि सिद्धार्थलाई घाटै घाटा लागेको बलिउडमा चर्चा छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया