आयो ‘सुनकेसरी’को टिजर, डर लाग्ला है (भिडियो सहित)

काठमाण्डौ/ नायिका ऋचा सर्माको हरर फिल्म ‘सुनकेसरी’को टिजर रिलिज भएको छ । टिजरमा डर लाग्दो दृष्य प्रस्तुत गरिएको छ । अस्ट्रेलियामा छायांकन गरिएको फिल्म एकदमै डरलाग्दो भएको ऋचाले बताउदै आएकी छिन । फिल्म ‘सुनकेसरी’ आउँदो वर्षको जेठ ११ गतेदेखि प्रदर्शनमा आउदै छ । २ करोडको लगानीमा बनेको फिल्ममा ऋचा शर्मा, भीम न्यौपाने, रबिन्द्र झा लगायतका कलाकारले अभिनय रहेको छ ।  हेर्नुस टिजर ।

अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधी नै फिल्मको मुख्य कथा हो । हरर फिल्म मनपराउने युवापुस्ताले यो फिल्मको अपनत्व ग्रहण गर्नेछन् । ’ फिल्ममा काली प्रसाद बास्कोटा र विजय अधिकारीको संगीत रहेको छ । फिल्मको निर्माताको रुपमा भिम न्यौपाने , ऋचा शर्मा र शर्मिला सापकोटा रहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…