इन्टाग्राम मार्फत् आमिर खानले गरे ‘ठग्स अफ हिन्दोस्तान’काे पोस्टर सार्वजनिक

बहुप्रतिक्षित बलिउड चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’को पोस्टर सार्वजनिक भएको छ । अभिनेता आमिर खानले आफ्नो इन्टाग्राममार्फत् पोस्टर सार्वजनिक गरेका हुन् । यशराज ब्यानरमा बनेको सो फिल्मको सार्वजनिक पोस्टरमा अमिताभ बच्चन, आमिर खान, फातिमा सना शेख, कट्रिना कैफ अनौठा रुपमा देखिएका छन् । फिल्ममा आमिर खान (फिरंगी) र अमिताभ बच्चन (खुदाब्कस) क्याटरिना कैफ र फातिमा सना शेख (जाफिरा) को भुमिकामा रहेका छन् ।

सार्वजनिक पोस्टरमा आमिर र अमिताभ पोस्टरमा तलबारका साथ मा छन् भने फातिमा सना शेख तिरको लिएर र कट्रिना हट अवतारमा देखिएकी छन् । विजय कृष्ण आचार्यले निर्देशन गरेको फिल्म ठग्स अफ हिन्दोस्तान ८ नोभेम्बरमा रिलिज हुँदैछ ।

Purbeli TV

तपाईको प्रतिक्रिया