आफ्नै निजी विमानमा यात्रा गर्छन् यी बलिउड सेलिब्रेटी

एजेन्सी । बलिउडका थुप्रै स्टारहरु आफ्नो निजी विमानमै यात्रा गर्न मन पराउँछन् । सलमान खान, प्रियंका चोपडा, अक्षय कुमार, शिल्पा शेट्टी ती कलाकार हुन् जो आफ्नो निजी विमान प्रयोग गर्ने गर्छन् । आज हामी तिनै सेलिब्रेटीको आफ्ना विमानसँगको तस्बिर देखाउन जाँदैछौं ।
यस्ताे छ बलिउडका सुपरस्टार सलमान खानकाे निजी विमान

प्रियंका चोपडा पनि आफ्नो निजी विमानमै यात्रा गर्न मन पराउँछिन् । विशेषगरी मानिसको भिडभाडबाट टाढा रहन कलाकारहरु यस्तो गर्ने गर्छन् ।

ऋतिक रोशन पनि आरामदायी यात्रा गर्नका लागि आफ्नो निजी विमानमै यात्रा गर्ने गर्छन् ।

अजय देवगन पनि शान्तिपूर्ण भ्रमणका लागि आफ्नो निजी विमानकै प्रयोग गर्ने गर्छन् ।

अभिनेता अमिताभ बच्चन पनि शान्तिपूर्ण यात्राका लागि आफ्नो निजी विमानमै यात्रा गर्न रुचाउँछन् ।

अभिनेता अनिल कपूर समेत भ्रमण गर्नुपरेमा आफ्नो निजी विमान नै चुन्ने गर्छन् । फिल्म ‘दिल धडक्ने दो’मा सँगै काम गरेका समय उनी रणवीर सिंह र फरहानसँग आफ्नो निजी विमानमा देखिएका थिए ।

शिल्पा शेट्टी पनि भ्रमणका क्रममा आफ्नै विमान प्रयोग गर्ने गर्छिन् ।

ऐश्वर्या राय बच्चन र अभिशेक बच्चनकाे पनि अाफ्नाे छुट्टै विमान छ ।

तपाईको प्रतिक्रिया

Loading...