आदितीसँग सेक्स प्रस्ताव, हुन्न भन्दा पाइनन् काम

मुम्बई । बलिउडमा महिना दिन अघिसम्म ‘मि टू’ अभियानले चर्चा पायो । यो चर्चा सेलाएको छ । यस विषयमा केही नायिकाहरूले आफ्नो अनुभव शेयर भने गरिरहेका छन् । नायिका अदिती रोय हैदरी आफ्नो ‘मि टू’ अनुभव शेयर गरेकी छिन् ।

अदितीले भनिन, ‘मैले बलिउडमा त्यस्तो ठूलो यौन दुव्र्यवहार त सहन परेनँ । मसँग एउटा अनुभव छ । मलाई हुन्छ या हुन्न भन्ने विकल्प दिइएको थियो । मैले, हुन्न भन्ने विकल्प रोज्दा ८ महिना काम पाउन सकिनँ । यसले मलाई निकै नै दिकदार बनाएको थियो ।’

अदितीले आफ्नो टिमको साथले आफूले ८ महिनापछि काम पाएको बताइन् । उनले भनिन, ‘यस विषयमा हामीले नबोल्दा मानिसहरू उनीहरूलाई जे गरेपनि हुन्छ भन्ने सोच्छन् । या कतिपय अवस्थामा यस्तो कुरा बोल्दा यो चर्चाका लागि हो भन्ने वुझ्छन् । यसैले यस्ता कुरा बोल्दा आफू पनि त्यसका लागि तयार हुनुपर्छ ।’

अदितीले भनिन, ‘मलाई त्यस्तो व्यवहार हुँदा म कमजोर त भइनँ, तर धेरै रोएकी थिएँ । किनकी, बलिउडमा महिलाहरुलाई यस्तो व्यवहार गरिन्छ भन्ने सुनेकी थिएँ, आफूले भोग्दा दुःख लाग्यो ।’ दैनिकनेपालबाट

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…