आज बलिउड स्टार सलमान खानको जन्मदिन , कति बर्षका पुगे त उनी ? बर्थडे पार्टीमा उपस्थित भए कट्रिनादेखि मलाइकासम्म

आज चर्चित बलिउड स्टार सलमान खानको जन्मदिन । उनी आजबाट ५३ वर्षमा प्रवशे गरेका छन् ।उनको जन्म २७ डिसेम्बर १९६५ मा भएको हो ।अभिनेता सलमान खानले आज आफ्नो बर्थडे मनाउँदैछन् ।उनले आफ्नो जन्मदिनको पार्टी बुधबार राति नै आयोजना गरेका छन् ।उनले आफ्नो फार्म हाउसमा भव्य पार्टी दिएका हुन् ।

अभिनेता सलमान खानको बर्थडे पार्टीमा अभिनेत्री कट्रिना कैपदेखि मलाईका अरोरा खानसम्म उपस्थित भएका थिए । यस्तै अभिनेता अनिल कपुर तथा अभिनेत्रीहरु सोनाक्षी सिन्हा, कृति सेनन, मौनी रोय पनि पार्टीमा पुगेका थिए ।उनको शो बिग बोस अहिले चर्चामा छ ।

तपाईको प्रतिक्रिया

Loading…