आँचल शर्माले गरिन् भागी बिहे

काठमाडौँ/ पछिल्लो समय चर्चामा रहेकी नायिका आँचल शर्माले भागी बिहे गरेकी छन् । लामो समयसम्म सँगै काम गरेका र प्रेममा रहेको भनिएका नायक पल शाहलाई छोडेर उनले बिहे गरेकी हुन् । तर यो बिहे बास्तविक नभएर एक म्युजिक भिडियोमा भएको हो ।

पोखरालाई कर्मथलो बनाएर संगीत कर्ममा सक्रिय रहेकी माया पुनले यस गीत बजारमा ल्याएकी हुन् । आफ्नै संगीतमा रहेको गीतमा रीकेश गुरुङको एरेन्ज रहेको छ भने स्वर माया पुनकै रहेको छ । हेर्नुस् भिडियो ।

अरु गीत जस्तै यो गीत पनि दर्शक श्रोता माझ लोक प्रिय बन्नेमा गायिका आसावादी छन् । यसअघि उनले अरुको दुखमा, आज तिमीलाई, पोखरेली सोल्टीनी, झयाउकीरी लगाएत थुप्रै अडियो भिडियो बजारमा ल्याएकी छन् । उनैले यो गीत बजारमा ल्याएकी हुन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया