आँचलको लागी उदिपले गरे हेलिकप्टर चार्टर, ६० लाखको गहना र १६ लाखको लेहेंगाको चर्चा

ईटहरी/ ‘नाईं नभन्नू ल ४’ बाट नेपाली फिल्ममा भित्रिएकी अभिनेत्री आँचल शर्माले डेढ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी छन । बिहीवार उनले प्रेमी उदिप श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् । केहिदिन अघि बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा हिन्दू परम्पराअनुसार आँचल र उदिपले विवाह गरेका हुन् । विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । आँचल शर्मा र उदिप श्रेष्ठको रिसेप्सन पार्टी भव्यताका साथ आयोजना गरिएको छ ।

यतिबेला रिसेप्सन पार्टिको तस्विरहरु चर्चामा रहे सँगै उनले लगाएको गहना र लेहेंगाको समेत चर्चा चुलिएको छ । आँचलले लगाएको उक्त लेहेंगा १६ लाख मुल्यको रहेको बताईएको छ । आँचलले विवाह र रिसेप्सनमा लाउने लेहेंगा केही महिना अघि नै भारतको टप डिजाइनरबाट डिजाइन गराएकी थिइन् । अहिले आँचल शर्माको उक्त लेहेंगाको चर्चा सामाजिक संजालमा देखिन थालेको छ ।

त्यस्तै आँचलले विवाहमा ६० लाखको गहना लाएको खबर पनि बाहिरिएको छ । विवाह र रिसेप्सन सम्म आँचलले ६० लाख जतिको गहना लाएकी हुन् । नेपाली परम्परा अनुसार नै विवाह गरेको भनेर धेरैले खुशी व्यक्त गरेका छन भने कलाकार देखि मिडियाकर्मीहरुको सहभागी सहित रिसेप्सन पार्टी भव्यताका साथ सम्पन्न भएको छ ।

हायत रिजेन्सिमा आयोजना गरिएको रिसेप्सन पार्टिमा उदिपले आँचलको लागी हेलिकप्टर चार्टर गरेका थिए । हेलिकप्टरबाट आँचलले उदिपको हात समाउदै हिड्दै गर्दा आँचल शर्माको अनुहारमा खुशी झल्किएको थियो । आँचलका पति उदिप पेसाले मेडिकल डाक्टर हुन् । – तस्विर : सामाजिक संजाल ।

तपाईको प्रतिक्रिया

Loading…