अाज स्वरसम्राट नारायणगोपालको २८औँ स्मृति दिवस

स्वरसम्राट नारायणगोपालको २८औँ स्मृति दिवस। उनको सम्झनामा बुधबार विभिन्न कार्यक्रम गरिँदैछ। साँस्कृतिक संस्थानले राष्ट्रिय नाचघर जमलमा सांगीतिक स्मृतिसभा गर्दैछ। दिउँसो साढे २ बजे हुने स्मृतिसभामा विभिन्न कलाकारहरुले नारायाणगोपालका चर्चित गीत प्रस्तुत गर्नेछन्। महाराजगञ्जस्थित नारायणगोपालको शालिकमा माल्यार्पण् लगायत कार्यक्रम पनि हुँदैछन्।

स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको जन्म विक्रम संवत् १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा भएको थियो। उनले ‘दुईटा फूल द्यौरालीमा’, ‘पोखिएर घामको झुल्का’, ‘पर्खी बसेँ आउला भनी’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘मेरो बेहोसी आज’, मेरो आँखालाई राख्ने’, श्रद्धाको फूल चढाइदिनु, ‘स्वर्गकी रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो बैँस जान’ लाग्यो लगायत थुप्रै कालजयी गीत गाएका छन्।

भक्तराज आचार्य, फत्तेमान, अरुणा लामालगायतलाई समेत आफ्नो संगीतमा गाउन लगाएका उनको संगीतमा रामकृष्ण ढकालले गाएको ‘माया गर्नेको चोखो माया पनि देखियो’ चर्चित रह्यो। यो गीत सुरुमा नारायणगोपाल आफैँले गाए पनि रेकर्डिङ गर्न नपाउँदा उनको निधनपछि ढकालले गाएका थिए। यसलाई नारी स्वरमा लोचन भट्टराईले समेत गाएकी छिन्। नारायणगोपालको निधन २०४७ मंसिर १९ गते भएको थियो।

Purbeli TV

तपाईको प्रतिक्रिया