अमेरिकन आईडलमा तहल्का पिटिरहेका नेपालका छोरा दिवेशलाई अमेरिकी दूतावासको सुभकामना

काठमाडौँ/ दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उत्कृष्ट ७ प्रतियोगीमा छनोट भएसँगै उनको चर्चा विश्वभर चुलीएको छ । टप २० बाट टप १० मा छानिँदा सर्वाधिक मत पाएको दाबी गरिएका दिवेशले टप १० बाट टप ७ मा छानिँदा पनि चामत्कारिक मत नै ल्याए ।

यसैबिच दिवेश अमेरिकन आइडलको दाबेदार मध्येका एकका रुपमा दह्रिदै गएका बेला नेपाल स्थित अमेरिकी दुतावासले दिवेशलाई अग्रिम शुभकामना दिएको छ । हालैको प्रस्तुतीमा दिवेशले राजदुत बेरीको मनपर्ने गीत गाएर उत्कृष्ट दशमा पुगेको प्रसंग दुतावासले आफ्नो आधिकारिक फेसबुकमा उल्लेख गर्दै भनेको छ दिवेशलाई अघिल्लो चरणका लागी बधाई ।

अमेरिकी दर्शकहरुले र विश्वभरीका नेपालीले अत्यधिक रुचाइएका पोखरेलले सन् २०२० को अमेरिकन आइडलको उपाधि जित्ने सम्भावना देखिन्छ । लकडाउनका बाबजुत सामाजिक दुरी कायम गरेर जारी राखिएको आइडलमा टप ७ मध्येबाट एक जनाले उपाधि जित्नेछन् ।

तपाईको प्रतिक्रिया

Loading…