अमन र अंकिता लाई मिस्टर एण्ड मिस थारुको उपाधि

बिराटनगर / मिस्टर एण्ड मिस थारुको उपाधि अमन चौधरी र अंकिता चौधरीले जितेका छन । थारु कला केन्द्र बिराटनगरको आयोजनामा भएको ग्राण्ड फिनालेमा अमनले १० जना पुरुष र अंकिताले २० महिला प्रतिष्पर्धीलाई पछी पार्दै उपाधि जितेका हुन । फस्ट रनर अप पुरुष तर्फ करण चौधरी र महिला तर्फ रेसिका चौधरी र सेकेन्ड रनर अप पारस चौधरी र सोनम चौधरीले उपाधि जिते । बिजेतालाई ५० । ५० हजार, फस्ट रनरअपलाई ३०। ३० हजार र सेकेन्ड रनर अपलाई २० । २० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रमा मुख्य निर्णायकमा मिस नेपाल इन्टरनेसनल २०१७ का बिजेता बर्षा लेखि, मिस्टर थारु नेपाल २०१७ का बिजेता तथा मिस्टर नेपाल इनटरनेशनल २०१८ तथा मिस्टर नेपाल फोटजेनिक २०१८ का चन्दन चौधरी, मिस पुर्वेली सुपर मोडेल २०१४, टिकटक क्विन तथा एक्ट्रेस रेश्मा घिमिरे र स्त्री रोग बिशेष डा.बालकृष्ण साह रहेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…