अमन र अंकिताले जितिन् नोबेल मिस्टर एण्ड मिस् थारु आईकन २०१९ सिजन २ को उपाधि

बिराटनगर / नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको मुख्य प्रयोजनमा सञ्चालित १ नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन २०१९ सिजन २ को उपाधि’ अमन चौधरी र अंकिता विश्वासले हात पारेका छन्. । बिराटनगरको बिरेन्द्र सभा गृहमा आयोजित फाईनलमा उत्कृष्ट छनौट हुँदै अमन मिस्टर थारु र अंकिता मिस् थारु आईकन घोषित भएका हुन् । थारु कला केन्द्र बिराटनगरले आयोजना ग्राण्ड फिनालेमा अमनले १० जना पुरुष र अंकिताले २० महिला प्रतिष्प्रधिलाई पछी पार्दै उपाधि जितेको हो । त्यसै गरि फस्ट रनर अप पुरुष तर्फ करण चौधरी र महिला तर्फ रेसिका चौधरी र सेकेन्ड रनर अप पारस चौधरी र सोनम चौधरीले उपाधि जितेका छन् ।

दुहवी ७ का अमन चौधरीले मिस्टर थारु आईकनको उपाधी सहित ५ वटा सब टाईटल जितेर सबैलाई चकित बनाएका थिए । त्यस्तै मिस्टर चार्मिङको सव टाईटल पारस चौधरी पाए भने विष्णु कुमार चौधरीले मिस्टर फोटोजेनी, गौरव चौधरीले मिस्टर एयाटिट्युड, गोविन्द कुमार चौधरीले मिस्टर कन्फीडेन्ट, शिवा चौधरीले मिस्टर राइजिङ फेसन आईकन, करण माझीले मिस्टर इन्टिएक्चुअल, रिकेश कुमार चौधरीले मिस्टर पर्सन्यालिटी र बिजय कुमार गच्छदारले मिस्टर एयाक्टिभको सब टाईटल जितेका थिए ।

मिस् तर्फका सब टाईटलहरुमा श्रेया चौधरीको मिस् पब्लिक चोईस, सोनम चौधरीले मिस् पपुलर र मिस् एयाटिट्युट , कृती चौधरले मिस फोटोजनिक, निरुता खवास मिस् बेस्ट वक, सबनम थन्दार मिस् ट्यालेन्ट र मिस् कन्फिडेन्ट, स्वेता चौधरी मिस् इन्टिएक्चुअल, सुलोचना चौधरी मिस बेस्ट स्माईल, बबिता थन्दार राइजिङ फेसन आईकन, अंकिता बिश्वास मिस् चार्मिङ, रेसिका चौधरी मिस् पर्सन्यालिटी, कोसिका चौधरी मिस् डिसिप्लेन, एन्दिसा चौधरी मिस् फ्रेन्डसिप् , सुष्मा माझी मिस् हेयरको सब टाईटल जितेका थिए ।

उपाधि पाउने बिजेतालाई क्रमश: ५०/५० हजार, फस्ट रनर अपलाई ३०/३० हजार र सेकेन्ड रनर अपलाई २०/२० हजार नगद पुरस्कारको नोबेल मेडिकल कलेजका प्रबन्ध नारायण प्रसाद दाहालले वितरण गर्नुभयो । नोबेल मिस्टर एण्ड मिस थारु आइकन उपाधि पाउने अमन र अंकितले प्रवासी पूर्वेली थारु समाज युएई र थाकस उएईको तर्फ बाट १ हप्ता दुबई भ्रमण गर्न पाउने छन । ज्योति लाईफ इन्सुरेन्स कम्पनी लिमिटेडल बिराटनगर र इटहरी शाखाले तर्फ बाट बिजयी ६ जनालाई १०/१० लाख बराबर आकष्मिक दुर्घटना जीवन बिमा ५ वर्षको लागि ब्यबस्था गरेको छ । ३२ जना प्रतियोगी सहभागीलाई बि एण्ड बि इन्स्च्युट, काव्या फर्मा डीश्त्रिब्युटस बिराटनगर र एसियन थाई फूड्सले गिफ्ट ह्यापर प्रदान गरेको छ ।

 

कार्यक्रमा मुख्य निर्णायकमा मिस नेपाल इन्टरनेसनल २०१७ का बिजेता बर्षा लेखि, मिस्टर थारु नेपाल २०१७ का बिजेता तथा मिस्टर नेपाल ALTITUDE MEN, इनटरनेशनल २०१८ तथा मिस्टर नेपाल फोटजेनिक २०१८ का चन्दन चौधरी, मिस पुर्वेलि सुपर मोडेल २०१४, टिकटक क्विन तथा एक्ट्रेस रेश्मा घिमिरे र स्त्री रोग बिशेष डा. बालकृष्ण साहले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।


पुर्व उपप्रधान तथा गृह मन्त्री एवम प्रतिनिधि सभा सदस्य माननीय बिजय कुमार गच्छदारले ग्रान्ड फिनालेको उद्घाटन गर्दै थारु युवायुवतीहरु निकै सोझो र इमान्दारिताको प्रतिमुर्ती भएकोले अब थारु समुदाय अगाडी बढेको देख्दा हर्षित हुँदै यस किसिमको कार्यक्रमलाई सम्पूर्ण थारु संघसंस्थाले साथ दिनु पर्ने बताउनु भयो ।

मुख्य प्रायोजक रहेका नोबेल मेडिकल कलेजका संचालक डा.सुनिल शर्माले थारु समुदायलाई निकै माया गरको र गत वर्ष सिजन -१ र यस वर्षको सिजन -२ को ग्राण्ड फिनालेको साथ सहयोगको उच्च मुल्यांकन गर्दै आज नोबेल मेडिकलले साथ नदिएको भए कार्यक्रम सम्भव नहुने थारु कला केन्द्रका अध्यक्ष देव कृष्ण बिश्वासले बताउनुभयो । कार्यक्रमा पाल्नु हुने अतिथिहरु, सहयोगी संघ, संस्था, मिडियाकर्मी र सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…