अभिनेत्री वर्षा सिवाकोटी अमेरिका निवासी सविनको प्रेममा

ईटहरी/ चलचित्र ‘लक्का जवान’को छायांकन सकेर अमेरिका पुगेकी अभिनेत्री वर्षा सिवाकोटी अफेयरमा रहेको खबरले फिल्मवृत यतिबेला मज्जैले तातेको छ । उनी अमेरिका निवासी सविनजंग थापाको प्रेममा रहेको बुझिएको छ । प्रेमीलाई भेट्नकै खातिर उनी हालै अमेरिका पुगेको स्रोत बताउँछ । सविनले आफ्नो फेसबुक स्टोरीमा वर्षासँगको केही प्रेमिल तस्विर साझेदारी गरेका छन् । जसमा वर्षालाई प्रेमीसँग खुसी मुद्रामा देख्न सकिन्छ ।

तस्विरमा सविनले वर्षाको नाम लेखेर लभको इमोजी राखेका छन् । यसबाट पनि उनीहरु एकअर्काको प्रेममा चुर्लुम्म डुबेको स्पष्ट हुन्छ ।स्रोतका अनुसार, सविन र वर्षाले आउँदो वर्ष लगानगाँठो कस्नेछन् । केही हप्ता अगाडि एक अन्तर्वार्तामा वर्षाकी आमाले आउँदो वर्षभित्र छोरीको बिहे हुनसक्ने संकेत गरेकी थिइन् ।

गएको जेठमा प्रदर्शनमा आएको चलचित्र ‘वीर विक्रम २’ रिलिजताका वर्षाको नाम निर्देशक मिलन चाम्ससँग जोडिएको थियो । तर, यसलाई दुबैले खण्डन गरेका थिए । ‘नाईं नभन्नू ल २’ अभिनय यात्रा सुरु गरेकी वर्षाको चलचित्र करिअर खासै सुखद बन्न सकेको छैन । अभिनयको हिसाबले दुई दर्जनको आसपासमा चलचित्रमा काम गरे पनि कुनैले निर्माता जोगाउन सकेनन् । यसकारण चलचित्र क्षेत्रमा उनलाई ‘अनलक्की नायिका’ भन्ने गरिन्छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…