करिष्मा मानन्धरले ल्याइन् ‘बी प्लस’

काठमाडौं / गत चैतमा सञ्चालन भएको एसईई परीक्षा अभिनेत्री करिष्मा मानन्धरले ‘बी प्लस’ ल्याएर पास गरेकी छन्।  बिहीबार सार्वजनिक भएको एसईई नतिजापछि आफूलाई बधाई दिनेको भिड लागेको उनले सुनाइन्। ‘बी प्लस ल्याएर पास गरेकी छु’, उनले खुसी हुँदै भनिन्। 

लामो अभिनय यात्रापछि तीन वर्षअघि काठमाडौंको मैतीदेवीमा रहेको त्रिवेणी पब्लिक विद्यालयमा भर्ना भएकी करिष्माले गत चैतमा एसईई लेखेकी थिइन्। उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालयमा परेको थियो। करिष्मासँगै यो वर्ष चार लाख ५९ हजार २७५ ले परीक्षामा सहभागीता जनाएका थिए। १६ हजार बढीले ए प्लस ल्याएका छन्।  

तपाईको प्रतिक्रिया

Loading…