अब भने ‘छक्का पन्जा-२’ पक्का युट्युबमा आउने, यस्तो भन्छन् दिपकराज गिरी

ईटहरी/ रिलिज पछि पनि रिपिट रिलिज भएको चलचित्र छक्का पन्जा २ अब भने युटुवमा आउँने भएको छ । मजदुर दिवसका दिन सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै गिरिले सो कुराको जानकारी दिएका हुन् । उनले यस्तो लेखेका छन् ।

चलचित्र रिलिज भएको लामो समय भइसक्दा पनि युटुवमा नआए पछि दर्शकले सो फिल्म युटुवमा कहिले आउँछ भनेर लगातार जिज्ञासा राखिरहेका थिए । दिपक दिपाको अर्को फिल्म ‘छ माया छपक्कै’ को तयारीमा जुटिरहेका बेला निर्माता दिपकराज गिरीले अव भने छक्का पन्जा २ चाँडैनै युटुवमा र आईफिलिक्समा एकसाथ सार्वजनिक गरिने जनकारी दिएका छन् ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…