अब ऋषि धमलाकी पत्नी एलिजा नायिका बन्दै

पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतम पनि नायिका बन्ने भएकी छिन । धमला पत्नी एलिजाले आफै ले निर्माण गर्न लागेको चलचित्रमा उनि आफै नायिका बनेर आउन लागेकि  बताइएको  छ । एलिज ले निर्माण गर्न लागेको चलचित्र को नाम भने सार्वजनिक गरिएको छैन । चलचित्रको निर्देशक, नायक र संगीतकारको नाम भने उनले सार्वजनिक गरेकी छिन् ।

चलचित्र ‘म यस्तो गीत गाउछु’मा सहायक निर्देशकको रुपमा काम गरिसकेका  सत्यराज चौलागाईले  एलिजाले निर्माण गर्न लागेको चलचित्र लाई निर्देशन गर्ने बताइएको छ  भने नायकको रुपमा मोडल दीपक घिमिरे, संगीतकार मा चर्चित गायक तथा संगीतकार सुगम पोखरेल हुने पनि बताइएको छ्।

तपाईको प्रतिक्रिया

Loading...