अन्त्य भयो ब्राड पिट र एन्जेलिनाको प्रेम, सेक्स र मिष्ट्री कहानी

angelina-jolie-1

एजेन्सी । १ दशक भन्दा बढी सम्बन्धमा रहेका हलिउड जोडि ब्राड पिट र एन्जेलिना जोली अन्ततः सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुगेका छन् ।जोलीले आफ्ना पतिसँग सम्बन्ध बिच्छेदको माग गर्दै मंगलबार अदालतमा निवेदन दर्ता गराएपछि हलिउडको आइडियल कपल मानिने यो जोडी छुट्टिन निश्चित भएको हो ।

ब्राड र एन्जोलिना छुट्टिने समाचारले मंगलबार राति ट्विटरमा हंगामा भयो । ‘ब्रानजेलिना’ ह्यासट्यागले सहित संसारभरीबाट गरिएका ट्वीटमा पूर्व प्रेमिका जेनिफर एनिष्टिनसँग जोडेर ब्राड पिटलाई उडाएका समेत थिए। ब्राड जेनिफरसँग विवाहित अवस्थामा रहेकै बेला जोली र पिटको लभ परेको थियो ।

angelina-3 एन्जेलिनाले पनि ब्राड पिटसँग जोडिनु अघि ३ पुरुषसँग विवाह गरेकी थिइन् । डेली मेलमा प्रकाशित एक रिपोर्टका अनुसार एन्जेलिना जोलीले एक पटक आफू केवल ४ ब्यक्तिसँग सुतेको बताएकी थिइन् । जस मध्ये ३ जना उनका पति थिए । एन्जेलिनाले एक पटक आफूलाई बाइसेक्सुअल समेत घोषणा गरेकी थिइन् ।

ओके म्यागजिनमा सन् २००७ मा दिएको अन्तर्वार्तामा एन्जेलिनाले “म चुम्बन गर्ने केटीहरुको समूहमा थिएँ र म जव सानी थिएँ निक्कै कामुक थिएँ” भनेकी थिइन् ।उनले आफूहरु कपडा खोलेर केटाहरुलाई चुम्बन गर्ने खेल समेत खेल्ने गरेको खुलासा समेत गरेकी थिइन् ।

आफू १४ वर्षकी हुँदा कुमारीत्व गुमाएको बताउने एन्जेलिनाले सन् २००३ मा कस्मोपोलिटन म्यागजिनमा दिएको अन्तर्वार्तामा आफू १४ वर्षको हुँदा प्रेमीसँग रोमान्स गरेको खुलासा गरेकी थिइन् ।

angelina2

ओके म्यागजिनमा दिएको अन्तर्वार्तामा एन्जेलिनाले कहानी सुनाउँदै भनेकी थिइन्, “मैले जव प्रेमीसँग सेक्स गर्न थाले त्यतिबेला सेक्स र भावना प्रयाप्त लागेन । प्रेमीसँग नजिक महसुस गर्नका लागि मैले मेरी र उसको शरीरमा छुरीले काटें । हामी दुवै रगताम्मे भएका थियौं । मेरो शरीरमा कैयौं दागहरु छन् । यो कुनैबेलाको कुरा हो जव म एडन्चरस थिएँ” ।

अमेरिकन मोडल तथा अभिनेता जेनी लिनसँग पहिलो प्रेम भएको स्वीकार गर्दै जोलीले आफूले पतिसँग विवाह नगरेको भए जेनीसँग हुन्थ्यो समेत भनेकी थिइन् । २० वर्षको हुँदा लागु औषध लिन शुरु गरेको स्वीकार गर्ने जोलीले प्रथम पति जोनो मिलरले आफूलाई त्यसबाट बाहिर ल्याएको बताउँछिन् । एक पटक एन्जेलिनाले आफू आफ्नै भाइसँग प्रेममा रहेको बताएकी थिइन् ।

तपाईको प्रतिक्रिया

Loading...