अन्जु पन्तको स्वर रहेकाे पूर्वेली गीत ‘सलल बग्ने कोशीको पानी’ सार्वजानिक (भिडियो सहित)

काठमाडौं । सुमधुर स्वरकी धनी गायिका अन्जु पन्तले आफ्नो जस्तै कोइली स्वरका धनी अल्लारे गायक इन्द्र कार्की संग बेजोड ढंगको गीतमा स्वर दिएकी छिन। यसैक्रममा अन्जुको पछिल्लो र इन्द्रको तेश्रो नयाँ गीत ‘सलल बग्ने कोशीको पानी’ बोलको गीत सार्वजनिक भएको छ। अञ्जु पन्त र इन्द्र कार्कीको स्वर रहेको ‘सलल बग्ने कोशीको पानी’ गीत इन्द्र कार्कीले नै शब्द कोरेका छन्।

संगीत भने पूर्ण गुरुङको छ। ओएसआर डिजिटलको युट्युव च्यानलबाट मंगलबार सार्वजनिक गरिएको ‘सलल बग्ने कोशीको पानी’ को म्युजिक भिडियोमा अञ्जली अधिकारी र एलएन श्रेष्ठले अभिनय गरेका छन्। प्रकाश धितालले निर्देशन गरेको सो गीतको म्युजिक भिडियोमा उत्सव दाहालले खिचेका छन् भने विकास दाहालले भिडियोको सम्पादन गरेका छन्।

Purbeli TV

तपाईको प्रतिक्रिया