अनुपम खेरकी आमासहित परिवारका सदस्यमा कोरोना संक्रमण

बलिउड अभिनेता अनुपम खेरको आमासहित परिवारका बाँकी सदस्यमा कोरोना परीक्षण पोजेटिभ देखिएको छ । आइतबार ट्वीटरमा भिडियो सेयर गर्दै अनुपमले आफ्नो आमासहित दाजु, भाउजु र भतिजिमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

सेयर गरेको भिडियोमा उनले आमालाई भोक नलागेको र अस्वस्थ महसुस गरिरहेको कारणले कोरोना परीक्षण गराउँदा रिर्पोट नेगेटिभ आएको तर पछि सिटीस्क्यान गराउँदा भने कोरोना पोजेटिभ भएको उनले बताए । आमासँगै बसिरहेको हुँदा आफु र भाई राजीवको पनि सीटीस्क्यान गर्दा भाइको परिवारको कोभिड १९ पोजिटिभ भएपनि, आफ्नो रिपोर्ट भने नेगेटिभ आएको बताएका छन् ।

अनुपमकी आमा मुम्बाईस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् भने बाँकी सदस्य भने घरमै सेल्फ–क्वारेन्टिनमा रहेको पनि उनले जानकारी दिएका छन् । साथै उनले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सामान्य लक्षणमात्रै देखिएको पनि बताए ।

तपाईको प्रतिक्रिया

Loading…