अनमोलको ‘क्याप्टेन’ पनि पाईरेसीको सिकार, पुरै फिल्म युट्युबमा

ईटहरी/ दोस्रो सातामा प्रबेस गरिरहँदा नेपाली फिल्म ‘क्याप्टेन ‘ पाइरेसीको सिकारमा परेको छ । अनमोल केसी स्टारर फिल्मको पाइरेसी ‘प्रेम किंग चान’ नामक एउटा युटुब च्यानल बाट भएको हो । अहिले त्यस च्यानल बाट फिल्म हटिसकेको छ । तर एक पटक सामाजिक सन्जालमा अपलोड गरिएको फिल्म फैलिन कुनै समय लाग्दैन ।

फिल्म पाइरेसी भएपछी निर्माण युनिट चिन्तामा छ । बिदेशमा फिल्म चलाउन बाँकीनै भएकाले क्याप्टेनको अन्तर्राष्ट्रिय बजारमा पक्का धक्का पर्ने छ । अनमोलको यसअघी पनि ‘ड्रिम्स’ फिल्म पाइरेसीको चपेटामा परेको थियो । त्यस्तै गरी ‘छड्के’,’बाटो मुनिको फूल’,’छक्का पञ्जा’ लगायत थुप्रै फिल्महरु सामाजिक सन्जाल बाट पाइरेसी भएका थिए ।

सानो बजार त्यसमाथी पनि फिल्म यसरि पाइरेसी भएपछी निर्माता तनाबमा पर्नु स्वबाभिक हो । त्यसमाथी पाइरेसी बिरुद्ध बलियो कानुन नहुनु अर्को बिडम्बना हो । दिवाकर भट्ट्राई द्वारा निर्देशित क्याप्टेनमा अनमोल लगायत उपासना सिंह ठकुरी, प्रियंका एम.भी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । – मज्जाको अनलाइन

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…