अध्यनसंगै माेडलिङमा ब्यस्त साेयाश्री (फाेटाेफिचर)

इटहरी । झापाकाे बिकासाेन्मुख सहर दमक नगरपालीका १० निवासी साेयासाेयाश्री बज्रचार्य हाल अध्यनसंगै माेडलिङमा ब्यस्त देखिन्छिन । गहुगाेराे बर्णकी हेर्दा काेरीबाटी चिटिक्क परेकी बाेलीचाली मिजासिली बज्रचार्य उमेरले पनि १६ नाघेर १७ मा प्रवेस गरेकी छिन । माेडलीङमा जम्ने रहर उनलार्इ सानैदेखी जागेपनि उन्काे त्याे इच्छा अहिले अाएर पुरा गर्दैछिन । बाबा प्रकास र अामा साेनु बज्रचार्यकाे प्यारी छाेरी साेयाले झापाकै शिदार्थ कलेजबाट १२ क्लियर गरेर फुर्शदकाे समयलार्इ माेडलिङमा उतारेकी छिन । उनले हालै उत्कृस्ट फाेटाे सेसन समेत गरीसकेकी छिन ।

मिस टुरीजम नेपाल २०१७ र मिस दमककी सेकेन्ड रनर अपमा उत्कृस्ट नतिजा ल्याइ सानै उमेरमा अाफुलार्इ अब्बल बनाइसकेकी साेया अहिले पूर्वाञ्चल क्षेत्रमा रहेका पर्यटकीय स्थलहरूकाे प्रवर्दनकालागि केही गर्नु पर्छ भनेर धेरैलार्इ झकझकाइरहेकी छिन । उनि भन्छिन पूर्वाञ्चलमा त्यस्ता धेरै पर्यटकीय स्थलहरू छन जुन अझैपनि चर्चामा अाएका छैनन । तिनिहरूलार्इ खाेजी गरी उनिहरूकाे बास्तविकताबारे सबैलाइ जानकारी दिने उनकाे लक्ष्य छ । बाल्यकालदेखिनै नृत्य र कलाकारीतामा रूचि राख्दै अाएकी साेयाले बिभिनन प्रतियाेगीताहरूमा उत्कृस्ट नतिजा ल्याइ पुरस्कार समेत हासिल गरीसकेकी छिन ।

उनि अझै पनि नृत्य र अभिनयमा अब्बल देखिन्छिन । कलेज पढदा धेरैले मायाकाे प्रस्ताव लिएर अाएकाे बताउने उनि माया लाउन लायक भने जस्ताे केटा नभेटिएकेाे बताउछिन । मन मिल्ने र अाफ्नाे दुख बुझ्ने काेही भेटीए माया लाउन म तयार छु साेया भन्छिन ।  तस्विर – सुर्वणशमसेर बिष्ट || लाेकेसन – तालतलैया || व्यवस्थापन – कृष्ण / राेशन श्रेष्ठ

 

तपाईको प्रतिक्रिया