अक्षयले भिलेन खेलेकाे फिल्म ‘२.०’ चीनमा १५ हजारभन्दा बढी स्क्रीनमा देखाइने

एजेन्सी / बलीउड सुपरस्टार नायक अक्षय कुमारले भिलेनकाे भुमिका खेलेका एस शंकर केको निर्देशनमा तयार भएको फिल्म ‘२.०’ चीनमा १५ हजारभन्दा बढी स्क्रीनमा देखाइने भएकाे छ । फिल्म ‘२.०’रजनीकान्तको रोबोटको सिक्वेल फिल्म हो ।उक्त फिलममा हलिउड अभिनेत्री एमी ज्याक्सनले साथ दिएका छन् ।

फिल्मको रिलिज मिति पटकपटक सर्दा दर्शक निराश भएपनि अब भने फिल्म जनावरीमा रिलिज हुने पक्का भएको छ । फिल्म ‘बाहुबली’पछि यस फिल्मको बजेट निकै माथि रहेको छ ।

भारतीय सञ्चारमाध्यम अनुसार मेघा बजेटले यस फिल्मको गीतमा निकै पैसा बगाएको छ भने फिल्मको प्रमोशनको लागि निर्माण पक्षले करोडौं रुपैया छुट्टाएको पनि जनाइएको छ । यस फिल्मलाई चीनमा १५ हजारभन्दा बढी स्क्रीनमा देखाइने भएको छ । तर मिति भने तोकिएको छैन ।

तपाईको प्रतिक्रिया