‘सुल्तान’मा यस्तो देखिए सलमान

सलमान खान द्वारा  अभिनित 'सुल्तान'को ट्रेलर रिलिज भएको छ।   अलि अब्बास जाफरको निर्देशन रहेकाे साे फिल्ममा सलमानका अलवा अनुष्का शर्मा तथा रणदिप हुड्डा मुख्य भूमिका रहेकाे छ । फिल्म यसै वर्ष इदकाे अवसर पारेर रिलिज हुदैछ।  

समलिंगी भुमिकामा अक्षय कुमार

बलिउड अभिनेता अक्षय कुमार समलिंगी बनेका छन् । उनी वास्तविक जीवनमा  नभइ रोहित धवनको नयाँ फिल्म ‘ढिसुम’मा समलिंगीको चरित्र निर्वाह गरेका हुन् । फिल्ममा  जोन अब्राहम, बरुण धवन र ज्याक्लिन फर्नाडिस मुख्य भूमिकामा छन् । निर्देशक रोहितसँगको निकटताका कारण अक्षयले सो भूमिका स्वीकारेको बताइएकाे छ ।

भिखारीको भेषमा सडकमा जब गायक सोनु निगम निस्किए (भिडियो सहित )

चर्चित भारतीय गायक सोनु निगम भेष बदलेर सडकमा गीत गाएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनी सडक छेउमा हार्मोनियम बजाउँदै गीत गाइरहेकाछन् । धेरैले त उनलाई मतलव नै गर्दैनन भने केही व्यक्तिले उनको आवाजको तारिफ गर्छन । तर कसैले उनलाई चिन्दैनन् । किनकी सोनु निगम ‘रोडसाइड उस्ताद’ कार्यक्रमका लागि भिखारीको भेषमा नचिनिने गरि सडकमा गएका थिए । अहिले यो भिड...