३६ बर्ष देखी साङ्गलोमा बाँधिएका इटहरीका डिकबहादुरकाे उद्धार

इटहरी / सुनसरीकाे इटहरी २० बाट ३६ बर्ष देखी साङ्गलोमा बाँधिएका व्याक्तिकाे उद्धार गरिएकाे छ । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम सहितकाे टाेलिले साङ्गलोमा बाँधिएर कष्टकर जीवन बिताउँदै आएका तरहराका डिकबहादुर खड्काको उद्धार गरेका हुन् ।


इटहरी २० तरहराका खड्का २०३६ सालदेखि मृगी रोगको शिकार भएका थिए । उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उपमहानगरका स्वास्थ्यकर्मीको टोली सहित उपमेयर चढ्ने गाडीमै राखेर खड्कालाई धरान लगिएको हो ।

खड्काको निःशूल्क उपचारका लागि इटहरी उपमहानगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सिफारिस समेत गरेको छ । तत्कालको खर्चका लागि उपमहानगरको तर्फवाट १० हजार प्रदान गरिएको थियो । आजैबाट उनको स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…