१० बर्ष प्रेम सम्बन्ध रहेकी प्रेमिकाले धाेका दिएकाे झाेकमा सप्तकोशीमा हामफाले इटहरीका व्यवसायी

इटहरी / प्रेमिकाले धोका दिएको भन्दै इटहरीका एक व्यवसायीले सप्तकोशी नदिमा हाम फालेका छन् । अन्दाजी ३० वर्षीय राजेश बानियाँले आज साढे ४ बजे बराहक्षेत्र–१ स्थित कोशी पुलबाट हाम फालेका हुन् । अपरान्न साढे चार बजे कोशी पुलमा को ३७ प ७ नम्वरको रातो कालो बुलेट र लगाएको जुदा, हेल्मेट, मोटरसाइकको बिलबुक र लाइसन टाइल पासगरेको कागज सहित कोशि पुलबाट हाप फालेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

कोसीमा हाम फाल्नुअघि उनले फेसबुकमा केही तस्विरसहित स्टाटस लेखेका छन्, ‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विनाकारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो । केही छैन, आशा छ सबै खुसी तिमीले पाउने छौ । गूड बाइ इसु, आशा छ तिमीले मलाई माफ गर्ने छौ ।’

प्रत्यक्षदर्शीका अनुसार बानियाँ बिहानै देखि बाइकमा पुलबाट ओहरदोहर गरिरहेका थिए । कोसीमा हाम फालेलगत्तै पानी बोटमा सवार यात्रुहरूले बाँस दिएर बचाउने कोशिस गरे पनि उनले बाँस नसमातेको प्रत्यक्षदर्शीले बताएका छन् ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…