स्थानीय तहकाे निर्बाचन पश्चात सुन्दरहरैंचा नगरपालिकाका ७ महत्वपूर्ण कार्यहरु (तस्विरहरू सहित)

सुन्दरहरैचा /  पुर्बोत्तर मोरङमा अबस्थित सुन्दरहरैंचा नगरपालिका जनसंख्या तथा भूगोलको हिसावले जिल्लाकै ठूलो नगर हो । साविक ५ वटा गाविसहरु इन्द्रपुर, सुन्दरपुर, दुलारी, मृगौलिया र हरैंचा मिलाएर यो नगरपालिका निर्माण गरिएको हो । नगरमा १२ वटा वाडहरु रहेका छन भने १ लाख २० हजार भन्दा बढी जनसंख्या रहेको छ । स्थानीय तहकाे नर्वाचन २०७४ बाट निर्वाचित भएर नगर प्रमुख शिवप्रसाद ढकाल मेयर भएको २ बर्ष बितेको छ । यस अवधिमा नगरमा भएका ७ वटा महत्वपूर्ण कार्यहरु यस्ता रहेका छन ।

सार्वजनिक शौचालय

शौचालयको आवश्यकतालाई मध्यनजर गरेर निर्माण कार्यलाई तिव्रताका साथमा अघि बढाईएको छ । नगरको विराटचोक ,खोर्साने ,सलकपुर तथा हरैंचामा अहिले शौचालय निमार्णको काम धमाधम भै रहेको छ । गोठगाउँ, बलिया, मृगौलिया, लगायतका स्थानमा वाथरुम, स्मोकिङ जोन, सेनेटरी प्याड फेर्ने, मोबायल चार्ज गर्ने, तौल मापन गर्ने लगायतका सुविधा भएको शौचालय बन्ने भनिएको छ । शौचालय अपाङ्ग, महिला, बालमैत्री रहने साथै अढाई तलामा निमार्ण हुने जनाइएको छ । सार्वजनिक शौचालयको लागत ९ करोड रुपैया भन्दा बढि रहेको छ ।

शव वहानको व्यवस्था

घर देखि घाट सम्म भन्ने नाराका साथ निःशुल्क शव वहानको व्यवस्था गरेको छ । शवलाई पु–याउन बोक्ने मान्छेको कमी र असुविधा भएका कारणले गर्दा सो समस्याको सावधान यस शववहानले पुरा गर्ने गरेको छ । हाल सम्म शव वहानबाट नगरमा ६ सय बढीले यो सेवा लिएको नगरपालीकाले जनाएको छ ।

वरुण यन्त्रको व्यवस्था

पूर्व पश्चिम लोकमार्गको सुन्दरहरैंचा नपामा मात्र वरुण यन्त्र उपलब्ध छ । मोरङको हकमा आगो लागिको समस्या हुंदा रंगेली, विराटनगर पछी सुन्दरहरैंचामा मात्र वरुण यन्त्र संन्चालनमा रहेको पाहिन्छ ।सुन्दरहरैंचाको वरुण यन्त्रले बेलवारी, केरावारी, लोटाङ, कानेपोखरी, पथरी, उर्लावारी, मिक्लाजुङ, ग्रामथान लगायतका ८ वटा भन्दा बढी गाँउपालिका तथा नगरपालिकामा तथा आवश्यक पर्दा अन्य स्थानमा समेत सेवा प्रदान गरिरहेको छ ।

नमूना वाकिङ स्ट्रिट

सुन्दरहरैंचालाई नमुना शहरको रुपमा विकास गर्न अहिले विराटचोक घिनाघाट सडक खण्डको दक्षिण लाईनमा वाकिङ स्ट्रीट निर्माणको काम भै रहेको छ । सुन्दरहरैंचामा सिक्कीमको एम्जीरोडमा भए अनुसारको वाकिङ स्ट्रीट निर्माण गर्न लागीएको हो । रात्रीकालिन मनोरन्जन र व्यापारिक स्थलको वाकिङ स्ट्रीटको लागि नगरपालिकाले ५० लाख विनियोजन गरेको छ । २ करोड ७२ लाखको लागतमा निर्माण हुने भनिएको वाकिङ स्ट्रीट जनसहभागिता र निजी क्षेत्रको सहयोग समेत रहेको छ । हाल ५ सय मिटरमा निर्माण हुने भनिएको नयां मनोरन्जन र व्यवसायिक स्थल वाकिङ स्ट्रीट पछि ५ सय मिटर थप गरि निर्माण गरिने योजना रहेको छ । वाकिङ स्ट्रीट निर्माण भएपछि नजिकका शहरहरु इटहरी, बेलवारी क्षेत्रबाट मानिसहरू किनमेलका लागिआउनसक्ने अपेक्षा गरिएको हुंदा पूर्वमा नयाँ प्रयोग हुने यो रात्रीकालिन बजारले सुन्दरहरैंचालाई नै नमुना शहर बनाउने अपेक्षा गरिएको छ ।

सडक बत्ति

रातको समयमा नगर वासीहरुलाई उज्जालो सडक बत्तिको व्यवस्था मिलाएर उनिहरुलाई सहज किसिमले हिडडुल गर्ने वातावरणका साथमा रात्रीकालिन सुरक्षालाइ मध्यनजर गर्दै सडक बत्तिको व्यवस्था गरेको छ । नगर क्षेत्रको राजमार्गमा शौय ऊर्जाको प्रयोग गरिएको छ । गत बर्ष साैर्य उर्जा २५० तथा सडक बत्ती २०० थान जाेडिएकाे नगरपालिकले जनाएको छ ।

बाटोघाटो, कालोपत्रे, ड्रेन निर्माण

नगरमा भएको मुख्यचोक बजारमा रहेको हाईवे खडक खण्डलाई ८५ फिट क्लियर गरि सडकको दायां बायां रहेका रुख विरुवालाई काटेर खाल्डा खुल्डी पुर्नको लागि केही स्थानमा माटो तथा भरोट भर्ने काम समेत गरिएको छ । २ बर्षे भित्रमा यस नगरमा ७० कि.मि.कालोपत्रे तथा १ सयकि.मि. ड्रेन निर्माण भएको छ ।

आर्थिक सहयोग तथा कर मिनाह

सुन्दरहरैंचा नगरपालिकामा गम्भीर प्रकृतिका रोगहरु लागेमा प्रतिव्याक्ती रु ५ हजार सहयोग गर्ने गरेको छ । हाल सम्म याे सुविधा ७ सय भन्दा बढी व्याक्तिहरुले लिइसकेका छन् । साथै नगरपालिकाले पञ्चेबाजा दर्ता, अपांगता भएका ब्यत्तिहरुको सिफारिस,जन्मदर्ता,मृत्युदर्ता,बसाईसराई दर्ता,बिवाह दर्ता,सम्बन्ध बिच्छेद दर्ता,बैदेशिक रोजगारीमा मृत्यु भएका ब्यत्तिको सिफारिस,घर टहरामा आगलागी भएको सिफारिस,अल्पसंख्यक दलित,गरिब र पिछडा बर्गको लागी नागरिकता सिफारिस,सबै प्रकारका अनुसुचि फारम,पुर्णत कृषिमा आधारित सहकारी लगायतका शेवा निशुल्क गरेको छ ।  यसैगरी महिलाको नाममा दर्ता भएको ब्यबसायमा २० प्रतिशत, बिद्यार्थीका लागी गरिने सबै सिफारिस ५० प्रतिशत र २५ लाख सम्मको उद्योग सिफारिसका लागी ५० प्रतिशत छुट गरिएको छ।

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सुन्दरहरैचामा प्रथम गोकुलम भेट्रान फुटसल प्रतियोगिता हुने

पाथिभराकाे तेस्रो वार्षिक साधारण सभा सम्पन्न

विराट एक्स्पाे २०७६ हुने

सुन्दरहरैंचा आइडलको सेमिफाइनलमा छानिए १० प्रतिष्पर्धी

स्थानीय तहकाे निर्बाचन पश्चात सुन्दरहरैंचा नगरपालिकाका ७ महत्वपूर्ण कार्यहरु (तस्विरहरू सहित)

हाजिरीजवाफ प्रतियोगितामा स्कोलर्स होम प्रथम

सुन्दरहरैंचा राधाकृष्ण रथयात्रामा जे देखियाे… ( १९ तस्विरहरू)

बिराटचोकमा नयाँ कर नितिबारे अन्तरक्रिया

सुन्दरहरैचाको शुक्रबारेमा सिद्वार्थ गौतम बाल स्तम्भ

सुन्दरहरैंचामा विराट साहित्य समाजकाे साहित्यिक कार्यक्रम सम्पन्न

तपाईको प्रतिक्रिया

Loading…

Loading…