सुन्दरहरैंचामा विभिन्न संघ संस्था तथा व्याक्तिले प्रदान गरेकाे राहतलाई बाड्न शुरु

नगर प्रमुख ढकालद्वारा लकडाउनकाे पूर्ण रुपमा पालना गरेर सुरक्षित साथ बस्न आग्रह

सुन्दरहरैंचा / नोबेल कोरोना (केडिट १९) भाईरसबाट विश्वमा विषम परिस्थितिकाे सिर्जना भएको छ । यसकाे असर नेपालमा पनि परेकाे छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनले आधारभुत खाद्य सामाग्रीको उपभोग गर्नबाट बञ्चित नगरवासीहरूलाई सुन्दरहरैंचा नगरपालिकाले वडाकाे सहकार्यमा अति गरिव तथा अभावमा रहेकालाई राहत सामग्री प्रदान गर्न शुरु गरिएकाे छ ।


सुन्दरहरैंचा नगरपालिकामा बसेकाे सर्वपक्षिय बैठकबाट गठन भएको नगरस्तरीय सर्वपक्षीय विपद् व्यवस्थापन समिति मार्फत नपाको कार्यालयमा विभिन्न व्यक्ति संस्थाहरुले राहत सामग्री समेत उपलब्ध गराएका छन ।

सुन्दरहरैंचा नगरपालिकाले सबै वडाबाट लागत संकलन गरेर नगरकाे १२ वटै वडा कार्यालय मार्फत एकद्वार प्रणाली मार्फत राहत समाग्री बितरण शुरु गरेकाे नगर प्रमुख शिवप्रसाद ढकालले बताए । उनले सबै तिर बन्द भएको तथा लकडाउनकाे बेला नगरबासी हाेम क्वारेन्टाइनमा बस्नु परेकाेले आवश्यक सामग्री भनेकाे समयमा उपलब्ध हुन समस्या भएको कारण बितरण प्रणालीलाई ब्यबस्थित ढंगले अगाढी बढाउँनु पर्ने भएकोले राहत वितरणमा केही ढिलो भएको जानकारी दिए ।

लकडाउनकाे पूर्ण रुपमा पालना गरेर सुरक्षित साथ बस्न आग्रह : नगर प्रमुख ढकाल

नगरप्रमुख ढकालले पूर्णरूपमा लकडाउनकाे पालना गरेर सचेत नागरिककाे परिचय दिदै सुरक्षित साथ ढुक्क भएर घर भित्र बस्न आग्रह गरेका छन् । उनले नगरमा कुनै कुराकाे अभाव र समस्या उत्पन्न हुन नदिन आफु लागि परेकाे बताउँदै नगरपालिकाले सुरक्षा दिने व्यवस्था गरेकाे हुँदा समस्या परेमा खबर गर्न समेत आग्रह गरेका छन । प्रमुख ढकालले नगरमा क्वारेन्टाइन र आइसोलेसन बेड समेत स्थापना भएकोले काेराेनाकाे शंका लागेकाे व्यातिलाई आवश्यक चेकजाँच समेत भै रहेकाे उल्लेख गरे ।

प्रमुख ढकालले २४ घण्टा एम्बुलेन्सको व्यवस्था गरीएको हुँदा काेराेना भाइरसबाट अहिले सम्ममा काेही पनि नगरमा संक्रमित नदेखिएको बताउँदै सबैले आ-आफ्नो ठाउँबाट सकेको सहयोग गरि भिडभाड हाेइन दुरी कायम गर्दै, साबुन पानीले हात धुईरहन र सुरक्षित साथ घरभित्र वस्न पटक पटक अनुराेध गरेकाे बताए ।

नगर प्रमुख ढकालले कोरोनाको आशंका गरिएका बिरामीको लागि क्वारेन्टाइनमा बस्नेको हकमा खाना तथा सम्पूर्ण खर्च नगरपालिका गर्ने तथा अर्को ठाउँ रिफर गर्नु पर्ने भएमा नगरपालिका गर्ने बताए । उनले कोरोना संक्रमण हुने आशंका गरिएको नगरकाे संभावित क्षेत्र तथा भिडभाड हुने, हाट बजार, चौक, फोहर हुने ठाउँमा भाइरसकाे न्युनिकरणको लागि दवाई मिसावट गरिएको धुवा तथा विभिन्न प्रकारका किटाणु तथा मछड मार्न दमकलबाट औषधी छिट्ने काम समेत भै रहेकाे पुर्वेली न्यूज सँगकाे कुराकानीमा उल्लेख गरे ।

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका समचार सम्याेजक हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सुन्दरदुलारी उवास मार्फत सुन्दरहरैंचामा कार्यरत पत्रकारकाे बिमा

पिएलओद्वारा सुरक्षाकर्मीलाई समाग्री वितरण

घरघरमा सागसब्जी पुऱ्याउँदै सुन्दरहरैँचाका युवा

पिएलओद्वारा ह्विलचेयर वितरण तथा रक्तदान कार्यक्रम सम्पन्न

सुन्दरहरैंचामा सामुदायिक विद्यालयद्वारा राहत प्रदान

लकडाउनमा यस्तो देखियाे सुन्दरहरैंचा (२६ तस्विरहरू)

नेविसंघ सुन्दरहरैंचाद्वारा खाद्यान्न सामग्री हस्तान्तरण

सुन्दरहरैंचामा प्याब्सनद्वारा राहत समाग्री प्रदान

पूर्वाञ्चल ल्युब आयलद्वारा राहत सामग्री प्रदान

सुन्दरहरैंचामा विभिन्न संघ संस्था तथा व्याक्तिले प्रदान गरेकाे राहतलाई बाड्न शुरु

तपाईको प्रतिक्रिया

Loading…