सुन्दरहरैंचामा विकाश निर्माणमा माग भएका योजनाहरुको स्थलगत निरिक्षण

जनप्रतिनिधि आए संगै विकासका काम तिव्र रुपमा अघि बढ्दै

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकालले नगर क्षेत्र भित्र भएका विकाश निर्माण तथा वडामा माग भएका योजनाहरुको स्थलगत निरिक्षण गर्ने कार्यलाई हाल महत्त्वका साथ अघि बढाएका छन । विशेष गरेर नगरकाे अहिले सम्ममा १,११,७,२,६ तथा ८ वडामा दैनिक रुपमा विगत केही समय देखि बिहान ७ बजेकाे समय तालिका अनुसार वडामा गएर नगरवासीकाे गुनासो सुनेर सावधानकाे पहल गर्ने कार्य तीब्र रुपमा अघि बढाइएको हाे । नगर प्रमुख ढकालले स्थानिय तहकाे निर्वाचनबाट विजयी भएर कार्यभार समालेकाे २ बर्ष पूरा भै सकेको अवस्थामा विभिन्न विकासका काम र सरोकारवालाहरु सँग प्रत्यक्ष कुराकानी गरि नगरकाे विकासका लागि याेजना समेत अघि सारेका छन । उनले नगरकाे विभिन्न वडामा भएका याेजना तथा विशेष गरेर बाटाेघाटाे , शिक्षा , स्वास्थ्य , विधुत , खानेपानीकाे स्थलगत निरिक्षण गरि आवश्यता र जनचाहाना अनुरुपकाे कार्य गरेर नगरलाई अाफ्नाे कार्यकालमा विकासकाे बगैँचा बनाउँन पछि नहट्ने बताए । उनले काम गर्न अप्ठ्यारो तथा नकारात्मक कुरा गरेर तिललाई पहाड बनाउँन सजिलो भएकोले अाफुलाई यति बेला उपभोक्ता तथा जनताकाे साथ सहयाेगकाे समेत आवश्यक परेकाे पूर्वेली न्यूज सँगकाे कुराकानीमा जानकारी दिए ।

नगरप्रमुख ढकालले नगरका १२ वटै वडाबाट आएका योजना छनौट गरी नगरको बजेट सञ्चालन हुने हुँदा बजेट निर्माण गर्दा शुरुमै सम्बन्धित निकायका प्रतिनिधि तथा सराेकारवालाहरुसँग छलफल गरी बजेट निर्माण हुने हुँदा विकासकाे कामलाई सबै नगरवासीहरुले चासाे दिदै ध्यान दिएर अघि बढ्न आवश्यक भएको उल्लेख गरे । ढकालले नेपाल भ्रमण बर्ष २०२० काे अगमन संगै यसकाे प्रचारप्रसार तथा विकासको बिषयमा अहिले नै नगरपालिकाले बाह्र् पर्यटक भित्राउने योजनामा खासै चासाे दिन नसके पनि अनुगमन तथा आपसी छलफल तथा सहकार्यबाट भावी दिनमा नगरमा भएका पर्यटकिय स्थलको थप विकास गरिने याेजना समेत अघि सारेकाे जानकारी दिए ।

स्वास्थ्य क्षेत्रको बिषयमा नगर प्रमुख ढकालले नगरमा भएका पाँच स्वास्थ्य चौकीबाट सकेकाे सुविधा सहित जनतालाई सेवा दिदै आएको तथा शिक्षामा समेत नगर अघि बढी रहेको बताएका छन । उनले गम्भीर प्रवितीका राेगहरु क्यान्सर, मुटु, किड्नी लगायतका बिरामीहरुलाई यातायात खर्च ५ हजारको दरले सहयाेग समेत नगरले उपलब्ध गराउदै आएको तथा याे सेवा अहिले सम्ममा करिव १ हजार भन्दा बढी व्यातिहरुले लिइ सकेकाे बताउँदै स्वास्थ्य विमा समेत सञ्चालनमा आएको बताएका छन । नगरपालिकाले बालबालिकाको क्षेत्रमा आवश्यक छलफल पश्चात ३० लाख बजेट बिनियोजन गरेको तथा त्यो बालबालिकाको हितमा नगर बाल सञ्चाल मार्फत खर्च गर्दे आएको छ ।

नगरपालिकाले पञ्चेबाजा दर्ता, अपांगता भएका ब्यत्तिहरुको सिफारिस,जन्मदर्ता,मृत्युदर्ता,बसाईसराई दर्ता,बिवाह दर्ता,सम्बन्ध बिच्छेद दर्ता,बैदेशिक रोजगारीमा मृत्यु भएका ब्यत्तिहरुको सिफारिस,घर टहरामा आगलागी भएको सिफारिस,अल्पसंख्यक दलित,गरिब र पिछडा बर्गको लागी नागरिकता सिफारिस,सबै प्रकारका अनुसुचि फारम,पुर्णत कृषिमा आधारित सहकारी लगायतका सेवा नि:शुल्क समेत गरेर तारिफ याेग्य काम समेत गरेकाे स्थानीय सेवाग्राहीहरु बताउँछन । यसैगरी सुन्दरहरैचा नगरपालिकाले महिलाको नाममा दर्ता भएको ब्यवसायमा २० प्रतिशत, बिद्यार्थीका लागी गरिने सबै सिफारिस ५० प्रतिशत र २५ लाख सम्मको उद्योग सिफारिसका लागी ५० प्रतिशत छुट समेत गरेर उल्लेख काम गरेकाे सुन्दरहरैँचा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहाले जानकारी दिए ।

नगर प्रमुख ढकालले सुन्दरहरैचा नगरपालिका भ्रष्टचार मुक्त रहेको बताउँदै अहिले सम्म सुन्दरहरैचामा भ्रष्टचार भएको भन्दै अख्तियार नपरेको समेत जानकारी दिए ।कृषि क्षेत्रको बिषयमा व्यवसायिक कृषकहरुहरुलाई नगरले विभिन्न कृषि क्षेत्रमा अनुदान तथा कृषि सामाग्री समेत प्रदान गरेकाे छ । नगरपालिकामा च्याउ, केरा खेती माछा पालन, गाई बाख्रा फर्म साथै आर्गनिक खेती गर्ने कृषकलाई नगरले प्रमुख प्राथमिकतामा राखेर अनुदान समेत दिएर सामान्य तथा अगुवा कृषकलाई अघि बढ्न नगरले हाैसला प्रदान गरेकाे जसबाट आफु खुसि भएको सुन्दरहरैचा ११ का अगुवा कृषक माेहनलाल श्रेष्ठले जानकारी दिए । सुन्दरहरैंचामा विकाश निर्माणमा माग भए अनुसारका योजनाहरुको स्थलगत निरिक्षण समेत भएकोले जनप्रतिनिधि आए संगै विकासका काम तिव्र रुपमा अघि बढ्दै गरेकाे तथा अझै केहि महत्वपूर्ण काम हुन बाँकी रहेको स्थानीयहरुकाे भनाइ छ । नगर प्रमुख ढकालले आफुले स्थानीय तहकाे चुनावकाे समयमा जनता सामु विकास गर्छु भनेर गरेकाे बाचा केहि हद सम्म पूरा गरि सकेकाे तथा केही काम जनताकाे कदर स्वरुप गर्न बाँकी रहेकाेेले आगामी समय भित्रमा गर्छु भनेका सबै काम पूरा गरि छाड्ने बताएका छन ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…