सुन्दरहरैंचामा आइसोलेशन वार्ड स्थापना

कालाे बजारी तथा गलत हल्ला गर्नेलाई कडा कार्वाही : नगर प्रमुख ढकाल

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा नगरपालिका स्थित पूर्वाञ्चल विश्व विद्यालयकाे शिक्षण अस्पताल गाेठगाउँमा कोरोना भाईरसकाे संक्रमण बिश्वमा फैलिरहेको अवस्थामा भाईरसबाट बचेर उपचारमा सहजकाे लागि पूर्व तयारी स्वरुप १८ बेडको आइसोलेशन वार्ड तयार गरिएकाे छ ।

पूर्वाञ्चल विश्व विद्यालय अन्तर्गतकाे शिक्षण अस्पतालले निर्माण गरेको नवनिर्मित ओपिडी भवनलाई आइसोलेसनको रुपया प्रयोग गर्न लागिएको हो । आइतवार सुन्दरहरैंचा नपाकाे सहकार्य तथा पू.वि.शिक्षण अस्पतालकाे आवश्यक सहयाेगमा एक बैठककाे आयाेजना गरि तयारी अवस्थामा राखिएको आइसाेलेशन वार्डकाे अनुगमन गरिएको थियाे । अनुगमनका क्रममा सुन्दरहरैंचा नगरपालिका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, निमित्त कार्यकारी अधिकृत दामोदर चापागाई तथा वडाध्यक्ष चैतन्यप्रसाद सिटौंला, राजेन्द्रबहादुर थापा लगायत सञ्चारकर्मी , सुरक्षाकर्मी लगायतकाे सहभागिता थिए ।

तयारी अवस्थामा राखिएको आइसोलेसन वार्डमा काेराेना भाइरसबाट यदि कसैलाई समस्या भएकाे खण्डमा आवश्यकता अनुसार तत्काल डाक्टर तथा स्वास्थ्यकर्मी परिचालन गरेर समस्याकाे सावधानमा पहल गरिने पू. वि. शिक्षण अस्पतालका निर्देशक डा.विपेश आचार्यले बताए । उनले जनप्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई आइसोलेसन वार्ड तयारी अवस्थामा रहेकाे बारे जानकारी दिदै काेराेना भाइरसकाे बारेमा सचेत रहदै भय र आवश्यता भन्दा बढी हल्लाकाे पछि नलागि सावधान रहदै सुरक्षित रहन समेत सबैमा आग्रह गरे ।

प्रमुख आचार्यले पू. वि. शिक्षण अस्पतालमा रेगुलर उपचारमा आउने बिरामी तथा सेवाग्राहीहरुलाई उपचार गर्न/गराउन अत्यावश्यक छ भने मात्र अस्पतालमा उपचार गराउन आउनका लागी सबैमा अनुरोध गर्दै अस्पतालमा जथाभावी भिडभाड नगर्न समेत जानकारी दिए । उनले भिडभाड हुने स्थानमा नजान एवं यदी आफुलाई संक्रमण काे आशंका लागेमा तत्कालै नेपाल सरकारले तोकेको स्थानमा उपचारका लागी जान समेत सम्पुर्ण सेवाग्राहीहरु लाई जानकारी गरिएकाे सूचना मार्फत उल्लेख्य गरे । नेपाल सरकारले थप जनशक्ति तथा उपकरण उपलब्ध गराएमा आइसीयु र भेन्टिलेटर सेवा पनि प्रदान गर्न सकिने प्रमुख आचार्यले बताएका थिए ।

पूर्वाञ्चल विश्वविद्यालयका नव नियुक्त डिन शैलेशमणि पोखरेलले अस्पतालमा आउने बिरामीको अवस्था बुझेर मात्र आइसोलेशनमा राखिने भएकोले उच्च ज्वरो, सुख्खा खोकी र श्वास प्रश्वासमा भएको समस्यालाई आधार मानी आइसोलेसनमा राख्ने कि नराख्ने भन्ने निर्णय गरिने बताए । उनले स्थानीयभन्दा बाहिरी देशबाट आएका व्यक्तिमा संक्रमणकाे सम्भावना बढी हुने भएकोले डर र चिन्ता धेरै लिनु भन्दा सतर्क र सचेत रहन आवश्यक भएको उल्लेख गरे ।

सुन्दरहरैंचा नपाका नगर प्रमुख शिवप्रसाद ढकालले यदि जाे काेहीलाई कोरोना भाइरसको संक्रमण भएको शंका लागेमा विरामीलाई क्वारेन्टाइनमा राख्ने आवश्यक तयारी पू. वि . शिक्षण अस्ताताल गाेठगाउँमा गरिएको बताए । उनले काेराेना भाइरसकाे विरुद्धमा भौतिक पूर्वाधार, उपकरण तथा जनशक्ति थप्न नगरपालिकाले सक्दाे सहयोग गर्ने उल्लेख गरे । उनले आईसीयू र भेन्टिलेटरका लागि चाहिने आवश्यक सामग्री खरीदका लागि आवश्यक प्रक्रिया अघि बढाउन तथा सहयोग गर्न नगर सधैं तत्पर रहकाे समेत जानकारी दिए ।

कालाे बजारी तथा गलत हल्ला गर्नेलाई कडा कार्वाही : नगर प्रमुख ढकाल

नगर प्रमुख ढकालले एक अर्कामा सहयाेग र मानवताकाे भावना देखाउँनु पर्ने याे अप्ठ्यारो समय परिवेशमा बजारमा कालाे बजारी गर्ने तथा गलत हल्ला फाैलाएर भ्रम सिर्जना गर्ने जाे काेहिलाई कडा कार्वाही हुने उल्लेख गर्दै आवश्यक परेकाे खण्डमा बजार अनुगमन गरि अावश्यक समानकाे कृत्रिम अभावकाे सिर्जना हुन नदिने बताए ।

उनले नगर वासीकाे हितका लागि जनचेतना मूलक सुचनाका साथमा तापक्रम नाप्ने देखि लिएर साबुन पानिले हात धुने र माक्स लगाउँनु पर्ने आवश्यकताकाे बारेमा चेतना दिने कार्य समेत गरिएको बताए ।

प्रमुख ढकालले नगरकाे विभिन्न स्थानमा लाग्ने साप्ताहिक हाट बजारलाई भीडभाड कम गर्नकाे लागि केहि समय सम्म बन्द गरिएको जानकारी दिदै नगरपालिकाकाे अत्यावशेक काम बाहेककाे अन्य सेवा सुविधा समेत केही दिनका लागि नगरवासीहरुकाे हितलाई ध्यानमा राखेर बन्द गरिएको बताउँदै काेराेनाबाट डर हाेइन सचेत र सावधानी बनाै भन्ने अग्रह गरेकाे पूर्वेली न्यूजसँगकाे थप कुराकानीमा उल्लेख गरे ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…