सुनसरीको इनरुवा सहित ७ पालिकामा दादुरा रुबेला खोप लगाइदै

इनरुवा / पहिलो चरण अन्तर्गत सुनसरीमा आज इनरुवा सहित ७ पालिकामा दादुरा रुबेला खोप लगाइदै छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार आज सुनसरीको धरान उप महानगरपालिका सहित इनरुवा र दुहवी नगरपालिकाको साथै देवानगञ्ज, हरिनगर, कोशी र भोक्राहा नरसिंह गाउँपालिकामा दादुरा रुबेलाको खोप लगाउनुका साथै पोलियो थोपा समेत खुवाइदै छ ।


हरेक स्थानीय तहमा पायक पर्ने गरी वडागत रुपमा खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य प्रमुख सागर प्रसाईले जानकारी दिनुभयो । सुनसरीमा पहिलो चरणको औपचारिक सुरुवात भने स्वास्थ्य कार्यालय इनरुवाबाट गरिएको छ ।जिल्ला समन्वय समितिका अध्यक्ष गोपालराज भण्डारी सहितको उपस्थितिमा खोप अभियानको उद्घाटन गरिएको छ ।

अभियान अन्र्तगत ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई दादरुा रुबेलाको खोप लगाइदै छ भने जन्मेदेखि ५ वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा समेत खुवाइदै छ । सुनसरीमा ९ महिना देखि ५९ महिना सम्ममा ८९ हजार ६ सय ७८ बालबालिकालाई दादुरा रुबेला खोप लगाउने स्वास्थ्य कार्यालयले जनाएको छ । अभियानका लागि सुनसरीमा ८ सय ७० खोप कार्यकर्ता परिचालन गरिएको छ भने १३ सय ५० स्वास्थ्य स्वयंसेवक खटिएको कार्यालयले जनाएको छ । बाँकी रहेका पालिकाहरुमा दोस्रो चरण अन्र्तगत फागुनको १४ गतेबाट २२ गते सम्म खोप अभियान चलाइने छ ।

तपाईको प्रतिक्रिया

Loading…