सुनसरीकाे बलाहामा फहराइयाे थाकसकाे झन्डा

सुनरीकाे बलाहामा थारू कल्याणकारी सभा (थाकस) काे झन्डा फहराइएकाे छ । थारु युवा समाज इनरुवा बलाहा सुनसरीका अध्यक्ष रोहित चौधरीको नेतृत्वमा थाकस काे झन्डा फहराइएकाे हाे ।

वि.सं. २०७२/२०७३ काे थरुहट आन्दोलनमा थारु युवा, महिला, बुद्दीजिवि तथा थारु अगुवा नेताहरुले थाकसकाे झन्डा पहराएकाे थियाे । थारूहरूकाे महान चाँड गाेठालेकाे अवसरमा सुन्सरीको बलाहामा युवा तथा थारु बुद्धिजिविको उपस्थितिमा जर्ण अवस्थामा रहेकाे झन्डा लाइ पुन्ः गाडिएकाे हाे ।

थारुहरूको हक, हित र पहिचानको लागि, थारुहरूकाे मुद्दा उठाउनको निम्ति सम्बन्धित पक्षलाइ झकझकाउन र थारुहरु सुतेको छैन भन्ने सन्देश दिनकाे लागि थारूहरूकाे मातृ संस्था थाकसकाे झन्डा झन्डा फहराएकाे थारु युवा समाज इनरुवा बलाहा सुनसरीका अध्यक्ष रोहित चौधरीले बताए ।

थारु कल्याणकारी सभा सुनसरी जिल्ला सदस्य मोहिनारायण चौधरी, थाकस नगरकमिटीका अध्यक्ष रोहित कुमार चौधरी, थारु बुद्धिजिवि हरिचन्द्र चौधरी, राजकुमार चौधरी, लक्ष्मी चौधरी लगायत थारू युवाहरूले श्रमदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…

Loading…