सुकुम्बासी वस्तीमा परिवर्तन सञ्जालद्वारा खाद्य समाग्री वितरण

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा- ६ मा रहेकाे परिवर्तन राष्ट्रिय सञ्जालले ‘लकडाउन’का कारण हातमुख जोड्न समस्या परेको वर्तमान अवस्थामा सुकुम्बासी तथा गरिब घरपरिवारलाई लक्षित गरि खाद्य सामग्री वितरण गरेको छ । वडासदस्य डम्बर थापाकाे सहभागितामा वडा नं ४ को खोला टोलीमा २० बोरा तथा वडा नं ६ को सुकुम्बासी बस्तीमा १० बोर चामल तथा ५ बाेरा दाल वितरण गरिएको आयाेजक सञ्जालका अध्यक्ष जयप्रकाश रायमाझीले बताए ।

उनले गरिब असायहरुको घरमा चुलो बलेन भने आफुहरुले खाना खाएको कुनै अर्थ नहुने हुँदा विकासकाे उज्यालो पुग्न नसकेको बस्तीमा अरुलाई अप्ठ्यारो परेको अवस्थामा सहयाेग गर्ने उदेश्यले अभियानकाे रुपमा अति आवश्यकताकाे खाद्य समाग्री वितरण गरिएको बताए ।

खाद्य समाग्री सहयाेगि हातबाट पाउँदा गरिव तथा सुकुम्बासी वस्तीका परिवारले खुसि समेत प्रकट गरेका थिए । युवा संघ नेपाल मोरङका सदस्य प्रविन घिमिरे, युवा अभियन्ता अमिसजंघ किराँती लगायतकाे साथ सहयोगमा खाद्य सामाग्री वितरण गरिएको हुँदा अभियानमा शिवराज चौधरी, बिलतलाल चौधरी, श्रवण चौधरी, प्रकाश नेपाली लगायतले सहयोग गरेको आयाेजक सञ्जालले जनाएको छ । २०७२ सालमा स्थापना भएको परिवर्तन राष्ट्रिय सञ्जालले समाजमा लागू अाैषधकाे विरुद्धमा काम गर्दै , शिक्षा क्षेत्रकाे सुधार र परिवर्तनमा समेत कार्य गरेर समाजमा अघि बढ्ने गरेकाे सञ्जालका अध्यक्ष रायमाझीले पूर्वेली न्यूजसंगकाे कुराकानीमा जानकारी दिए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…