शान्ति सुरक्षा देखी प्रभावकारी सेवा दिन प्रतिबद्ध छुः प्रजिअ खनाल

राजविराज / प्रमुख जिल्ला अधिकारी सुनिल खनालले समाजमा शान्ति सुव्यवस्था कायम गर्न सरोकारवालाको राय तथा सल्लाहका आधारमा अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी भएर आएको तेश्रो दिन शुक्रवार जिल्ला प्रशासन कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ खनालले सो प्रतिबद्धता ब्यक्त गरेका हुन् । जिल्लामा आफनो स्तरबाट गर्नु पर्ने सुधारका लागी आफु प्रतिबद्ध रहने बताएका उनले तथ्यगत सुचना दिएर यसमा सहयोग गर्न पत्रकारहरुलाई आग्रह गरे ।

पत्रकारहरुले नगरमा बढदो चोरी, लागु औषध सेवन र कारोबार , विभिन्न सरकारी कार्यालयहरुमा कर्मचारीको अभाव तथा विचौलियाको विगविगी, स्थानीय तहहरुमा देखिएको भ्रष्टाचार लगायतका विषयमा ध्यानाकर्षण गराउदै नियन्त्रणका लागी ठोस निती बनाई अघि बढ्नु पर्ने सुझाउ दिएका थिए । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, प्रेस काउन्सीलका पुर्व सदस्य अनिल कुमार अनल, पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव लगायतले सुझाउ दिएका थिए ।

तपाईको प्रतिक्रिया