लायन्स क्लब इन्द्रपुरकाे सप्ताह ब्यापी कार्यक्रम

सुन्दरहरैचा / मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको लायन्स क्लब अफ इन्द्रपुरले सत्ताह व्यापी कार्यक्रम संचालन गरेकाे छ ।
मंसिर दाेस्रो साता देखि २१ गते सम्म क्लबले अाफ्ना विभिन्न कार्यक्रमका साथमा साताव्यापी कार्यक्रम आयोजना गरेको हाे ।

पहिलाे दिन बेलबारीमा रहेको नेत्रहीन सङ्घमा दृष्टिविहीनलाई सेतो छडी वितरण तथा दाेस्रो दिन सुन्दरहरैंचा नगरपालिका ११ निवासी क्यान्सर पीडित हीरादेवी चौधरीलाई आर्थिक सहयोग र तेस्रो दिन खाेर्साने बजार सरसफाइको कार्यक्रम सम्पन्न गरिएको लायन्स क्लबका अध्यक्ष रमेश खड्काले जानकारी दिए ।

यसै गरि १८ गते बेलेपुरमा ज्येष्ठ नागरिक सम्मान, १९ गते जुडी आधारभूत प्राविका विद्यार्थीलाई स्टेशनरी का सामाग्री वितरण गर्ने कार्यक्रम रहेको छ । २० गते विराटचोकमा बृहत खुल्ला रक्तदान कार्यक्रम र २१ गते हरैंचामोडमा ट्राफिक सचेतना कार्यक्रम गरिने याेजना रहेकाे लायन्स क्लव इन्द्रपुरका याेजना शर्मा ढकालले बताइन ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…