लक्ष्मीमार्गमा २ दशक पछि खानेपानीको धारा बितरण

माेरङ / मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको डाँगीहाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले लामो समयपछि खानेपानीको धारा बितरण गर्न सुरु गरेको छ ।


बि.स २०५६ सालमा तत्कालिन डाँगीहाट गाविसका वासिन्दालाई स्वच्छ खानेपानी पुर्याउने उद्धेश्यका साथ डाँगीहाट खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरीएको थियो । २१ बर्षमा ५ वटा उपभोक्ता समिति गठन भएका छन । ५ औँ उपभोक्ता समितिले भने धारा वितरण गर्न सुरु गरेको छ ।

१ लाख लिटर क्षमताको टयाँकी संचालनमा ल्याएर धारा वितरण गर्न सुरु गरीएको समितिका अध्यक्ष शिब कुमार राइले बताए । यसै आर्थिक बर्षमा २ सय ५० देखी ३ सय परिवारलाई धारा वितरण गर्ने लक्ष्य लिएको समेत राइले बताए । ७ सय देखी १ हजार परिवारलाई पानी बितरण गर्न सक्ने क्षमता रहेको राइको भनाइ रहेको छ । २ दशक पछि धारामा पानी आँउदा स्थानिय वासिन्दाहरु समेत खुसी भएका छन । ६ हजार रुपैया लिएर समितिले धारा जडान गर्न थालेको छ ।

तपाईको प्रतिक्रिया

Loading…