लक्ष्मीमार्गका आगलागी पिडितलाई नगरपालिकाद्धारा राहत बितरण

बेलबारी / मोरङका बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गका आगलागी पिडित परिवालाई बेलबारी नगरपालिकाले राहत वितरण गरेको छ । आगलागी पिडित हरी सुवेदीको परिवारलाई बेलबारीकी उपमेयर ढाकाकुमारी पराजुली,वडाध्यक्ष यमबहादुर पोख्रेल (राजन) लगायतले लत्ताकपडा,खाद्यन्न, भाँडाकुडा लागतका सामाग्री हस्तान्तरण गरेका छन ।


शनिबार बिहान ३ बजे भएको आगलागीमा १० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । आगलागीमा ८ तोला सुन, ४० हजार नगद समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो बेलबारी,सुन्दरहरैचा नगरपालिका र ईटहरी उपमहानगर पालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…