लकडाउन उल्लंघन गर्ने ८ गाडी नियन्त्रणमा

पाँचथर / लकडाउन उल्लंघन गर्ने ८ वटा सवारी साधानहरु प्रहरीले पाँचथरको फिदिम बाट नियन्त्रणमा लिएको छ । २ वटा जिप, ४ वटा मोटरसाईकल र २ वटा स्कुटर नियन्त्रणमा लिएको हो ।

यस्तै मे १ ज ३०५८ नम्बरको जिपका चालक गम्भिर बहादुर भुजेललाई गाडी सहित नियन्त्रणमा लिइएको हो । भुजेलले मापसे समेत सेवन गरेको हुँदा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

लकडाउन भइरहँदा पनि अटेर गरी सवारी साधान संचालन गर्ने ती सवारी साधानहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताउनुभयो । आज बाट भने प्रहरीले बाहिर हिडडुल गर्न तथा सवारी साधान संचालनमा कडाई गरेको उहाँले बताउनुभयो ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…