लकडाउनको बेला चैते धान राेप्न ब्यस्त पाँचथरका कृषकहरु

पाँचथर / लकडाउनको समयमा धेरै नागरिकहरु घरभित्र बसेपनि पूर्वी पहाडि जिल्ला पाँचथरका गाउँघरका कृषकहरु भने अहिले चैते धान रोपाईमा ब्यस्त छन् ।
चैते धान रोप्ने सिजन भएको र सरकारले समेत गाउँघरमा खेतीपाती गर्नुभनेपछि खेतीपातीमा ब्यस्त भएको कृषकहरुको भनाई छ ।

काम नगरी दैनिकी टार्न पनि मुुस्किल हुने, पछि मात्रै रोप्दा धानको विऊ रोप्ने सिजन समेत गुर्जने हुँदा अहिले धमाधम चैत धान रोपिराखिएको मिक्लाजुङ २ सराङडाँडाका कृषक तिल बहादुर पाण्डेले बताउनुभयो ।

गाउँघरमा भिडभाड कमै रहेको र खेतीपातीको सिजन भएको हुँदा यतिबेला कृषकहरु चैते धान रोप्न ब्यस्त छन् । जिल्लामा अहिले सम्म ४० प्रतिशत मात्रै चेते धान रोपिएको कृषि ज्ञान पाँचथरले जनाएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…