राम जानकी बृद्ध आश्रमका बा-आमालाई न्यानो कपडा वितरण

इटहरी / सुनसरी स्थित इटहरी १६ मा रहेको श्री राम जानकी बृद्भ आश्रमका बा-आमालाई न्यानो कपडा वितरण गरिएको छ । स्थानीय युवा निकेश खतिवडाको पहलमा १२ जनालाइ न्यानो कपडा बितरण गरिएको हो ।


उनीहरूलाई बर्को, टोपी, मखलर लगायत वितरण गरिएको समाजसेवी युवा निकेश खतिवडाले जानकारी दिए । जाडोले पीडित बा-आमाको सेवा गर्न पाउँदा खुसी र आनन्द महसुस भएको खतिवडाले बताए । खतिवडाले विवेक भट्टराइ, कृष्ण लिम्बु, वासु बराल, रोहित कटुवाल लगायतकाे सहयोगमा सामाग्री प्रदान गरेका हुन् ।

तपाईको प्रतिक्रिया

Loading…