रगत अभावमा नजाओस् कसैकाे ज्यान, मृगौलियामा खुल्ला रक्तदान

विराटचोक / सुन्दरहरैचा २ मृगौलियामा खुल्ला रक्तदान हुने भएको छ । प्रगति महिला समाज सुन्दरहरैंचाको आयोजनामा कात्तिक २२ गते मृगौलियाकाे स्वस्थ्य चाैकीमा रक्तदान हुने भएको हाे । आयोजक संस्थाकी अध्यक्ष पार्वती गच्छदारका अनुसार नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोग र सुन्दरहरैंचाको वडा नम्बर २ को सहकार्यमा रक्तदान कार्यक्रम गर्न लागिएकाे हो ।

मानव सेवाका लागि रक्त्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । धरान विराटनगर लगायतका पुर्वका विभिन्न अस्पतालमा रगतको अभाव हुन नदिन समय समयमा सुन्दरहरैंचाभित्र विभिन्न संघ-संस्थाले रक्तदान कार्यक्रम गर्दै अाएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…

Loading…